ghar sansar

बेदकोटमा कक्षा ८ को नतिजा कमजोर आएपछि सुधारका लागि सरोकारवालासित छलफल

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । बेदकोट नगरपालिकाको नगर विद्यालय व्यवस्थापन समितिले नगरको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला निकायहरु सँग अन्र्तक्रिया कार्यक्रम गरिएको जनाएको छ ।

नगर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश नेपालीले बुधबार बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा सहित, उपमेयर तुलसी जोशी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेष सिंह धामी लगायत सरोकारवाला निकायहरु सँग छलफल गरिएको बताए ।

,orning glory badhai
dirghayi clinic

२२ सामुदायिक विद्यालय रहेका बेदकोट नगरपालिकामा यस वर्ष कक्षा आठको परीक्षामा तीन विद्यालयको नतिजा शुन्य आएको छ ।

बेदकोटमा घट्दै गएको शिक्षा प्रणालीलाई सुधार गर्नु अहिलेको मुख्य काम रहेको बताउँदै नेपालीले गुणस्तरिय शिक्षाका लागि नगरपालिकाले पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा मेयर बोहराले गुणस्तरिय शिक्षाका लागि शिक्षक अभिभावक सबै जिम्मेवार बन्नुपर्ने बताए । शिक्षक आन्दोलनले गर्दा यस वर्ष शैक्षिक गतिविधि समयमै सञ्चालन हुन नसकेको अवस्थामा विद्यालयहरुले संयमता अपनाउनुपर्ने उनले बताए ।

Himal dental
सम्बन्धित
Loading...