ghar sansar

पत्रकार भण्डारीलाई अदालतको फैसला विरुद्ध लड्ने कानुनी लडाईँमा सहयोग गर्ने पत्रकार महासंघ कञ्चनपुरको उद्घोष

khasi

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुुरले पत्रकार खेम भण्डारीलाई जिल्ला अदालत कञ्चनपुरको फैसला विरुद्ध लड्ने कानुनी लडाईमा साथ दिने उद्घोष गरेको छ ।

पत्रकार महासंघ कञ्चनपुरले विज्ञप्ति मार्फत पत्रकार भण्डारीलाई विरुद्ध गाली बेइज्जत मुद्दामा भएको कैद सजाय सहितको फैसला विरुद्ध कानुनी लडाईमा सहयोग गर्ने र आवश्यक प्रबन्ध गर्ने जानकारी सार्वजनिक गरेको छ ।

‘जिल्ला अदालत कञ्चनपुरको आदेशको सम्मान गर्दै पत्रकार खेम भण्डारीले सो फैसला विरुद्ध लड्ने आगामी कानुनी प्रक्रियामा नेपाल पत्रकार महासंघ कञ्चनपुरको ऐक्यवद्धता रहेको र आवश्यक कानुनी सहयोग तथा प्रबन्ध गर्ने व्यहोरा जानकारी गराइन्छ’ महासंघ कञ्चनपुरका सचिव कुन्दन पाण्डेले जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघ बैठकपछि जिल्ला अदालत कञ्चनपुरले पत्रकार भण्डारी विरुद्ध गरेको फैसला सम्बन्धि गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति उल्लेख गरिएको छ । पत्रकार भण्डारीलाई केही दिन अघि जिल्ला अदालत कञ्चनपुरले गाली बेइज्जत मुद्दामा एक महिना कैद, १० हजार जरिवना र एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

dirghayi clinic

पत्रकार महासंघ कञ्चनपुरले भीमदत्त नगरपालिका ३ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणसित सम्बन्धित समाचारलाई लिएर भण्डारी विरुद्ध गाली बेइज्जत मुद्दा दर्ता भएर फैसला गरिएको उल्लेख गरिएको छ । उल्टाखामकी १३ वर्षिया पन्त भीनपा २ र १८ को सीमा क्षेत्रस्थित उखुबारीमा मृत भेटिएकी थिइन् ।

पत्रकार भण्डारीले पन्तको मृत्यु प्रकरण सम्बन्धि धारा प्रवाह समाचार सम्प्रेषण गरेका थिए । उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टले गाली बेइज्जत सम्बन्धि मुद्दा दर्ता गराएका थिए ।

भण्डारी विरुद्ध विष्ट सहित ६ जनाले निर्मला पन्त प्रकरणका समाचारलाई लिएर मुद्दा दर्ता गराएका थिए । त्यस बाहेक उनी विरुद्ध अन्य ५ मुद्दा दर्ता गरिएका थिए । ती सबै अदालतबाट खारेज गरिएका छन् ।

अदालतले भण्डारी विरुद्ध फैसला गरेपछि जेठ २ गते पत्रकार महासंघमा छलफल गरिएको थियो । छलफलमा सहभागी महासंघका अगुवाले समाचारको विषयलाई लिएर पत्रकार भण्डारीमाथि कैद सजाय हुन दुःखद भएको बताएका थिए ।

महासंघले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घट्नालाई गम्भीर रुपमा लिएर छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारतिस माग गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...