

महेन्द्रनगर । प्रमुख जिल्ला अधिकारी (सिडिओ) नेतृत्वको जिल्ला सुरक्षा समितिले विज्ञप्ति सार्वजनिक गरी डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ वन अधिकृत राम विचारी ठाकुरमाथि सुनियोजित रुपमा कालोमोसो दलिएको जनाएको छ ।

समितिले विज्ञप्ति मार्फत नागरिक कर्तव्य र दायित्व, वैयक्तिक स्वतन्त्रता र मानव अधिकारको समेत ख्याल राख्न अनुरोध गरिएको छ ।
नेकपा बहुमतले कालोमासो दलिएको घट्नाको जिम्मेवारी लिएको छ । बहुमतले ठाकुरमाथि विभिन्न सात आरोप लगाउँदै कालोमोसो दलिएको विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

