

महेन्द्रनगर । चौपाया स्याहार तथा उद्धार समाज कञ्चनपुर (आइ केयर यु) र बैजनाथ युवा जनसेवा समितिले भीमदत्त नगरपालिका ९ खल्ला मुसेटीमा लत्ता कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
मानवता बचाउने प्रयासको मुख्य नारा सहित चौपाया स्याहार तथा उद्धार समाज कञ्चनपुर मुख्य र बैजनाथ युवा जनसेवा समिति सह आयोजक भएर कार्यक्रम गरिएको छ । संस्थाले विभिन्न समयमा गर्मी तथा चिसोका कपडा वितरण गर्दै आइरहेको छ ।


यस नगर रहेका घाइते पशु चौपाया लाई उद्धार गर्नुका साथै उपचार गरिरहेको छ। यो कार्यक्रम चौपाया स्याहार तथा उद्धार समाजकी अध्यक्ष मन्जु शाही। र बैजनाथ युवा जनसेवा समितिका अध्यक्ष अशोक बुढापालले कार्यक्रमका लागि सहकार्य गरेका छन् ।

