

महेन्द्रनगर । पश्चिमी सीमा नाका गड्डाचौकीबाट किशोरी बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन्। डोटीको दीपायल सिलगढी नगरपालिका–८ सनडाका ६१ वर्षीय गंगाराम कोली सोमवार किशोरी करणीको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीले कोलीले २०८१ फागुन १४ गते राति ११ बजेको समयमा नारीदाङस्थित शिवरात्री मेला हेर्न गएकी १४ वर्षीया किशोरीमाथि करणी गरेको आरोप लागेको छ ।
घटना पुरानो भए पनि पीडित बालिकाकी आमाले जेठ ११ गते मात्रै प्रहरीमा उजुरी दिएकी हुन । प्रहरीमा उजुरी परेको थाहा पाएपछि आरोपित कोली भागेर भारत जान लागेका थिए ।
