ghar sansar

बेलौरीको लिटिल गार्डन स्कुलकी आकृति चापागाई भइन् प्याब्सनको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम

little buddha academy
khasi

महेन्द्रनगर । बेलौरी नगरपालिकाको गोकुलपुरस्थित लिटिल गार्डन स्कुलकी छात्रा आकृति चापागाईले जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छन् ।

१८ औं गणतन्त्र दिवसको अवसरमा निजी तथा आवाशीय विद्यालय संगठन (प्याब्सन) कञ्चनपुरले बिहीबार जिल्ला समन्वय समितिसित सहकार्यमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल ः जन अपेक्षा, चुनौती र सम्भावना विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

प्याब्सन आवद्ध १९ विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा चापागाईले प्रथम स्थान हासिल गरेकी हुन् । उनले नगद ५ हजार पुरस्कार सहित प्रमाणपत्र पाएकी छन् ।

चापापाई लिटिल गार्डन स्कुलमा कक्षा १० की छात्रा हुन् । जिल्ला समन्वय समितिको सभा कक्षमा प्रतियोगिता गरिएको हो । प्रतियोगितामा प्रथम भएपछि आकृतिले आफू निकै खुसी भएको बताइन् । ‘म निकै खुुसी छु, यसले आगामी दिनमा थप राम्रो गर्ने हौसला मिलेको छ’ उनले भनिन् ।

 बेलौरीबाट उनी स्थान हासिल गर्ने लक्ष्य लिएर प्रतियोगितामा सहभागी हुन विद्यालयका शिक्षक अशोक चौधरीसित प्रतियोगितामा सहभागी हुन महेन्द्रनगर आएकी हुन् ।

‘बेलौरीबाट आउँदा प्रथम नै हुन्छु भन्ने लागेको थिएन, केही स्थान चाहिँ ल्याउछु भन्ने थियो’ प्रतियोगितामा पुरस्कार पाएपछि उनले भनिन् ।

आकृतिले लिटिल गार्डनमा कक्षा ८ देखि पढेकी हुन् । त्यस अघि उनी बेलौरीको दिपज्योति एकेडेमीमा पढेकी थिइन् ।
दिपज्योतिमा विहान प्रार्थना समयमा हुने मन्तव्य(स्पिच) ले आफूलाई मञ्चमा उभिएर बोल्न सिक्ने बनाएको बताइन् ।

‘त्यहाँ दिपज्योति पढ्दा विहान प्रार्थना समयमा दैनिक रुपमा स्पिच हुन्थ्यो, दैनिक अगाडि गएर बोल्न सिके’ उनले भनिन् ।

आकृति पढेर देशका लागि सेवा गर्ने लक्ष्य लिएको बताउँछन् । लोक सेवा पास गरी सरकारी जागिरे हुने उनको इच्छा छ ।
‘देशका लागि सेवा गर्ने सोच छ, त्यसका लागि म लोक सेवाबाट सरकारी सेवामा जान्छु’ उनले भनिन्,‘खरिदार, सुब्बा अधिकृत भएर मलाई ठूलो पदमा जाने मन छ ।’

विद्यालयमा उनी अनुशासित र पढाईमा अब्बल विद्यार्थीको सूचीमा छिन् । कक्षा दोस्रो भएर उनले कक्षा ९ उत्तीर्ण गरेकी छन् ।

dirghayi clinic

विद्यालयका शिक्षक चौधरीले आकृति पढाईमा जेहेन्दार र अनुशासित विद्यार्थी भएको बताए ।

आकृतिक एक भाई छन् । उनी लिटिल गार्डमा कक्षा ६ मा पढ्छन् । उनी दोस्रो पटक कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आएकी हुन् ।

प्रतियोगितामा डायमण्ड पब्लिक एकेडेमीका आज्ञा श्रेष्ठले द्वितीय स्थान हासिल गरिन् । उनले नगद तीन हजार पुरस्कार सहित प्रशंसा पत्र पाइन् ।

होली फेमली एकेडेमीका उज्जवल बिक्रम सिह विष्टले तृतीय स्थान हासिल गर्दै नगद दुई हजार र प्रशंसा पत्र प्राप्त गरे ।
प्रतियोगितामा इन्टरनेशनल पब्लिक स्कुलका भरत भट्टले सान्तवना स्थान हासिल गरे । उनले नगद एक हजार पुरस्कार प्रमाण पत्र हात पारे ।

कार्यक्रमका प्रमुख अतिथि समन्वय प्रमुख दुर्गादत्त बोहरा, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी उपरीक्षक खडक बहादुर खत्री लगायतले विजेता विद्यार्थीलाई पुरस्कार प्रदान गरे ।

कार्यक्रमका प्रमुख अतिथि बोहराले सहभागी सबै विद्यार्थीलाई बधाई दिँदै अनुशासित र लगनशिल भएर अध्ययन गर्न सुझाव दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकाल, प्रतियोगिता निर्णायक समितिका कल्पना शाही लगायतले शुभकामना मन्तव्य राखे । शाही सहित हरि प्रसाद खतिवडा र रण बहादुर दौल्याल निर्णाय समितिमा थिए ।

प्याब्सन कञ्चनपुर अध्यक्ष महादेब प्रसाद भट्टले कार्यक्रमको अध्यक्षता गरे । उनले आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

प्याब्सन वरिष्ठ उपाध्यक्ष राकेश बहादुर चन्द र नागेन्द्र कलौनीले कार्यक्रम सञ्चालन गरे ।

कार्यक्रममा कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष रामचन्द्र रेग्मी, प्याब्सन सल्लाहकार मिन बहादुर सिह, कोषाध्यक्ष केशवराज जोशी, प्याब्सन भीमदत्त नगर अध्यक्ष उपेन्द्र प्रसाद जोशी लगायत सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...