ghar sansar

सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री सोडारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी विरुद्ध एक करोड बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

dirghayi clinic

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको  हो । उनी विरुध एक करोड ८ लाख ३८ हजार तीन सय २ रुपैयाँ बिगो सहित मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । सोडारी कैलाली ४(१) बाट एकीकृत समाजवादीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

सोडारी २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७४ माघदेखि २०७५ कात्तिकसम्म प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा समेत थिए । त्यस्तै उनी २०७८ जेठ १४ गतेदेखि २०७९ मंसिरसम्म प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए ।

Himal dental
सम्बन्धित
Loading...