ghar sansar

ग्राभेल हालेर पुरियो भीमदत्त १९ को ज्यानमारा खाल्डो

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १९ स्थित वडा कार्यालय परिसरको खाल्डो ग्राभेलिङ्ग गरी भरिएको छ । गत वर्ष साउनमा खाल्डोमा भरिएको पानीमा डुबेर स्थानीय बालकको ज्यान गएको थियो ।

बालकको ज्यान गएपछि भीमदत्त नगरपालिकासित खाल्डो पुर्ने, बालकका परिवारलाई राहत दिने लगायतका सहमति गरिएको थियो । नगरपालिकासित सहमतिपछि बालकका आफन्तले बालकको दाहसंस्कार गरेका थिए ।

नगरपालिकाको सहमति अनुसार कार्यालय परिसरको खाल्डोमा ग्राभेलिङ्ग गरिएको छ । खाल्डोमा थप ग्राभेल हालिने वडा अध्यक्ष जग्गुराम चौधरीले बताए ।

वडा अध्यक्ष चौधरीका अनुसार मृतक बालकका परिवारलाई भीमदत्तले राहत स्वरुप नगद एक लाख सहयोग गरेको थियो । बालकका परिवारलाई क्षतिपूर्ति र खाल्डो व्यवस्थापन गर्न पर्ने माग स्थानीयले राखेका थिए ।

dirghayi clinic

वडा कार्यालय नजिक घर भएका ती बालक खेल्ने क्रममा खाल्डोमा खसेका थिए । उनको त्यहीं ज्यान गएको थियो । स्थानीयका अनुसार ती बालक छारे रोग वा मृगीबाट पीडित थिए ।

स्थानीयबाट सात कट्टा जग्गा खरिद गरी करोडौ लगानीमा दुई तले वडा कार्यालय निर्माण गरिएको छ । यस अघि पिसिओ चोक नजिक वडा कार्यालय थियो । गत वर्षदेखि नयाँ भवनबाट वडा कार्यालय सञ्चालन हुँदै आएको छ ।

करोडौ भवनको वडा कार्यालय परिसरमा ग्राभेल फालेर व्यवस्थापन गरिएको छ । स्थानीयले परिसरबाट वडा कार्यालयभित्र प्रवेश गर्दै आएका छन् ।

वडा अध्यक्ष चौधरीले वडा कार्यालय परिसर व्यवस्थापन कार्य अघि बढेको बताए । ‘अहिले ग्राभेल हालिएको छ, अझै ग्राभेल हाल्ने कार्य हुन्छ’ उनले भने ।

नेकपा माओवादी केन्द्रका नेता चौधरी २०७९ को निर्वाचनबाट वडा अध्यक्ष भएका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारको १९ नम्बर वडा भीमदत्तको सबैभन्दा कान्छो वडा हो ।

२०७४ को निर्वाचनमा एमालेका दामोदर महरा वडा अध्यक्ष निर्वाचित थिए । त्यस अघि २०५४ र २०४९ को स्थानीय निकाय निर्वाचनमा काँग्रेसका लक्ष्मी प्रसाद जोशीले लगातार दुई कार्यकाल वडा अध्यक्ष जितेका थिए ।

Himal dental
सम्बन्धित
Loading...