

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ८ का वडा अध्यक्ष ओम प्रकाश रोकायाले देउरालीस्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् ।
वडा अध्यक्ष रोकायाले आफ्नो मासिक भत्ताबाट विद्यार्थीहरुलाई प्रोत्साहनका लागि शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।

रोकाया विद्यालय व्यवस्थापन समितिका पनि अध्यक्ष हुन् । वडा अध्यक्ष रोकायाले विद्यार्थीहरुलाई प्रोत्साहनका लागि सामाग्री हस्तान्तरण गरेको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अमर बहादुर विक सहित शिक्षक, कर्मचारी सहभागी भएका छन् ।


