ghar sansar

भीमदत्तमा झण्डै २ अर्बको बजेट पारित

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि १ अर्व ९३ करोड बजेट ल्याएको छ । भीमदत्तको १७ औँ नगर सभाबाट मंगलबार आगामी आर्थिक वर्षको नीति कार्यक्रम र पारित गरिएको हो । बजेटमा आन्तरिक स्रोत ३३ करोड हुने अनुमान गरिएको छ ।

बजेटमा संघ सरकारको २३ करोड ९१ लाख वित्तिय समानीकरण अनुदान , प्रदेश सरकार वित्तिय समानिकरण अनुदान २ करोड ३७ लाख, संघिय सरकारबाट सशर्त अनुदान ५३ करोड २९ लाख,संघिय सरकार राजश्व बाडफाँड १७ करोड २२ लाख ६३ हजार ३ सय १९ र प्रदेश सरकार राजश्व बाडफाँडको ८४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै विशेष अनुदान संघिय सरकारबाट ७८ लाख, विशेष अनुदान प्रदेश सरकारबाट ६० लाख, सडक बोर्ड नेपालबाट १ करोड, सामाजिक सुरक्षा तर्फ ५७ करोड, क्षेत्रिय शहरी विकाश आयोजनाबाट २० लाख र नगद मौज्दात २ करोड अनुमान गरिएको छ ।

भीमदत्तका नगर प्रवक्ता पदमराज अवस्थीले छोरी बुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति कार्यक्रम समावेश गरिएको जानकारी दिए । आर्थिक अभावका कारण कोही पनि छोरी बुहारीहरु उच्च शिक्षा अध्ययनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको बताइएको छ ।

dirghayi clinic

नगर क्षेत्रभित्र शवयात्राका लागि प्रयोग हुने शव वाहना निःशुल्क उपलब्ध गर्ने, विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा विद्यार्थीहरुको रचनात्मकता प्रस्फुटन गर्न(अतिरिक्त क्रियाकलाप गर्ने) विद्यालयमा पुस्तक विहिन शुक्रवार ‘बुक फ्रि फ्राईडे’ कार्यक्रम संञ्चालन गर्ने, नगरपालिकाको दुर्गम क्षेत्र, अति विपन्न, दलित, लोपान्मुख जाति, द्वन्द्व पिडित, महामारी विपद् प्रभावित, हिंसामा परेका महिला बालवालिका, अपाङगता भएका व्यक्ति, गम्भिर दुर्घटनामा परेका व्यक्ति तथा साहाराविहिन व्यक्ति विषेशको हकमा ‘मेयर अन द स्पट’ कार्यक्रम निरन्तरता दिइएको छ ।

प्रस्तुत निति तथा कार्यक्रममा नगरवासीको अत्यावश्यक माग, आवश्यकता र समस्या सम्बोधन गर्न ‘नगरप्रमुख पूर्वाधार विकास कार्यक्रम’ नगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरुको पहिचान, संरक्षण र लगत तयार गरी अतिक्रमित जग्गा क्रमशः खाली गराई संरक्षण गर्ने, भीमदत्त नगरपालिकाकालाई विषादीमुक्त नगरपालिका बनाउन प्राङ्गारिक एवम् जैविक मल उत्पादन गर्ने किसानलाई प्रोत्साहान गर्ने, “विद्यार्थीसँग मेयर कार्यक्रम”, “जेहेन्दार विद्यार्थी छात्रवृत्ती कार्यक्रम” अन्तरगत नगर क्षेत्रका विद्यालयहरुबाट अध्ययन गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तीको व्यवस्थालाई निरन्तरता दिइएको छ ।

७५ वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकहरुलाई आधारभूत स्वास्थ्य सेवा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइने, प्रसुति सेवा केन्द्रबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित गर्दै संस्थागत प्रसुति सेवा प्रोत्साहन गर्न गर्भवती सुत्केरीहरुका लागि नगरभित्र निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिई प्रभावकारी बनाइने निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

समग्रमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखेर निति कार्यक्रम प्रस्तुत गरिएको छ । बैठकमा नगरप्रमुख तथा नगरसभा अध्यक्ष बोगटीले पेस गरेको नीति तथा कार्यक्रम र बजेटलाई नगरसभा सदस्यले सर्वसम्मतले पारित गरेका हुन् ।

बैठकमा नगरसदस्यहरुले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए । नगरप्रमुख बोगटीले नगरसभा सदस्यहरुले उठाएका विषय र सुझावलाई यथासम्भव समावेश हुने गरी बजेट र नीति तथा कार्यक्रम कार्यान्वयन गरिने नगर प्रमुख पदम बोगटीले बताए ।

Himal dental
सम्बन्धित
Loading...