

महेन्द्रनगर । श्री भृकुटी माध्यमिक विद्यालयका विद्यार्थीहरुले गुरु पुर्णिमा शिक्षकहरुलाई मिठाई खुवाएर आर्शिवाद लिएका छन् ।

विद्यार्थीहरुले शिक्षकहरुलाई टिका र खादा लगाएर सम्मान गरी मिठाई खुवाएका हुन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र आग्री, प्रधानाध्यापक केशर सिह महरा लगायतका सहभागी भए ।



