

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ स्थित बैजनाथ माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघ अध्यक्षमा नबराज भट्ट चयन भएका छन् । शुक्रबार अभिभावक भेलाबाट भट्ट सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।


भेलाबाट कमल नेपाली, भुनवेश्वर चटौत, लोकेन्द्र सिह बोहरा, मनिराम भट्ट, पूजा महत उपाध्यय, चुडामणी भट्ट र पुष्पा पन्त भट्ट सदस्य चयन भएका छन् ।
अभिभावक भेलाबाट व्यवस्थापन समितिका चार सदस्य पनि चयन भएका छन् ।
भीमदत्त नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख हरिदत्त जोशीको प्रमुख आतिथ्यमा भेला गरिएको छ ।

