ghar sansar

एन प्याब्सन कञ्चनपुरको जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता

little buddha academy
khasi

महेन्द्रनगर । एन–प्याब्सन कञ्चनपुरले आयोजनमा जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाका २० वटा विद्यालयका ८७ जना विद्यार्थीले सहभागिता जनाए ।

प्रतियोगिताको नतिजाअनुसार, आधारभूत तह ‘क’ नेपालीतर्फ जनज्योति माध्यमिक विद्यालयकी आयुषा थवाल प्रथम, सेन्सोरियम स्कुलका आशिष चन्द (महेश) द्वितीय र नवप्रतिभा पब्लिक स्कुलकी रोजिना शाह तृतीय भएकी छन्।

,orning glory badhai

त्यसैगरी, आधारभूत तह ‘क’ अंग्रेजीतर्फ मर्निङ ग्लोरी सेकेन्डरी स्कुलका सिद्धार्थ पाठक प्रथम, भुवनेश्वरी विद्या मन्दिरका उत्कर्ष भण्डारी द्वितीय र ग्वालेक नवकीरण स्कुलका प्रज्वल ऐरी तृतीय भएका छन् ।

आधारभूत ‘ख’ नेपालीतर्फ भने आदर्श विद्या निकेतनकी आशीमा अइडी प्रथम, महाकाली मोडर्न पब्लिक स्कुलका सुमन कुँवर द्वितीय र जनज्योति माध्यमिक विद्यालयकी सम्झना महरा तृतीय भएकी छन् ।

dirghayi clinic

आधारभूत तह ‘ख’ अङ्ग्रेजीतर्फ मर्निङ ग्लोरी सेकेन्डरी स्कुलकी प्रयास भारती प्रथम, महाकाली मोडर्न पब्लिक स्कुलका आयुष बोहरा द्वितिय र भुवनेश्वरी विद्यामन्दिरका अनुभव कार्की तृतीया भएका छन् ।

माध्यमिक तह ‘क’ नेपालीतर्फ रेडियन्ट माध्यमिक विद्यालयकी सान्वि महरा प्रथम, ज्योति इङ्गलिश स्कुलका निराजन जोशी द्वितिय र सञ्जीवनी शुक्लाफाँटा स्कुलकी गरिमा भट्ट तृतिय भएकी छन् ।

त्यस्तै, माध्यमिक तह ‘क’ अंग्रेजीमा आदर्श विद्या निकेतनका नितेश जोशी प्रथम, भुवनेश्वरी विद्यामन्दिरका सन्दीप नाथ द्वितीय र उग्रतारा बालविद्यालयकी स्वर्णिमा कडेल तृतीय भएका छन् ।

प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यमा र एनप्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येस बहादुर चन्दको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

Himal dental
सम्बन्धित
Loading...