ghar sansar

रागव सिलाईले दिन थाल्यो विपन्न महिलालाई निःशुल्क कटाई सिलाई तालिम

khasi

हेमा भट्ट
महेन्द्रनगर । कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा आर्थिक रूपमा कमजोर तथा विपन्न महिलाहरूका लागि एक महिनाको निःशुल्क सिलाई–कटाई तालिम सुरु गरिएको छ। बुधबारदेखि सुरु तालिम साउन ३० गतेसम्म सञ्चालन हुने भएको छ ।

dirghayi clinic

तालिम उद्घाटन वडा अध्यक्ष राजबहादुर ऐरले गरे । कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी तथा महिलाहरू सहभागी भए । कार्यक्रममा अध्यक्ष ऐरले यस्तो तालिम कार्यक्रम समाजमा अत्यन्तै सान्दर्भिक रहेको भन्दै आयोजकलाई धन्यवाद दिए ।

कार्यक्रम रागव सिलाईद्वारा आयोजना गरिएको हो । सञ्चालक ललिता कोलीका अनुसार १५ जना महिलालाई निःशुल्क तालिम दिइनेछ। उनले तालिम गुणस्तरी रुपमा सञ्चालन गरिने प्रतिबद्धता जनाउँदै चाँडै आयमूलक सीप सिकेर स्वरोजगार बन्न सक्ने वातावरण तयार गरिने बताइन् ।

संचालिका कोलीले साउन महिना भगवान शिवप्रति भक्तिभाव प्रकट गर्ने महिना भएको भन्दै धर्म, सेवा र सीप विकासलाई जोडेर तालिम सुरु गरिएको उल्लेख गरिन् ।

 

Himal dental
सम्बन्धित
Loading...