

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले ऐतिहासिक निर्णय गर्दै अछामस्थित बयलपाटा अस्पताललाई प्रदेश सरकार मातहतल्याउने निर्णय गरेको छ । भाद्र १ गतेदेखि प्रदेशको चौथो तथा सुदुरपहाडको पहिलो ५० शैयाको सुविधा सम्पन्न अस्पतालको रूपमा बयालपाटा अस्यपतालको सञ्चालन हुने भएको हो ।
सुदूरपश्चिमप्रदेशका सामाजिकविकास मन्त्री अछाम क्षेत्र नं. १ बाट निर्वाचित मेघराज खड्काको सशक्त नेतृत्व, दूरदर्शिता र निरन्तर पहलको परिणामस्वरूप यो निर्णय सम्भबभएको हो। मन्त्री खड्काको चुनावी घोषणा पत्रमाउल्लेखितप्रमुख प्रतिबद्धता नै बयलपाटा अस्पतालको दिगो र स्थायी व्यवस्थापन थियो, जुन अब कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।
मन्त्री खड्काले भने प्रदेश सरकार बयालपाटा अस्पताल प्रतिलचिलो बन्दै छुट्टै गठन आदेश स्वीकृत गराई राजपत्रमाप्रकाशित गरेको छ । जसमा भनिएको छ ७० प्रतिशतकर्मचारी बयालपाटा अस्पतालमै कार्यरतलाई नियूक्तगरिनेछ भने बाँकी ३० प्रतिशतखुल्लाप्रतिष्पर्धा मार्फत पद पूर्ति गरिनेछ । पहिलो पटक पदपूर्ति गर्दा उमेर हद समेत लाग्ने छैन गठन आदेशमा भनिएको छ ।
प्रदेश तथा कुनै पनि सरकार मातहत सञ्चालनभएका अस्पतालहरुमा मेसु अस्पतालको प्रमुखहुने व्यवस्था छ तर प्रदेश सरकार यसमा समेत लचिलो हुदैँ कार्यकारी निर्देशकको मोडेलमागएको छ । बयालपाटा अस्पतालमा लामो समय देखि नेतृत्व गरी जनताको स्वास्थ्य सेवामा सर्मपितभएको नेतृत्वलाई नै अस्पतालको जिम्मेवारी दिन सो व्यवस्था गठन आदेशमागरिएको मन्नत्रालयले जनाएको छ ।
यस क्षेत्रका नागरिकको स्वास्थ्यलाई ख्यालगर्दै, सरोकारवालाको मागलाई सम्बोधन गर्दै बयालपाटाको दिर्घकालिनव्यवस्थापनगर्न प्रदेश सरकार खासगरी मुख्यमन्त्री र सामाजिकविकास मन्त्रीले महत्वपूर्ण कदमचाल्दै ऐतिहासिक निर्णय गराउन सफलभएका छन् ।
संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सेवा
नेपालको संविधानले प्रत्येक नागरिकको स्वास्थ्य सेवामापहुँच सुनिश्चितगर्ने मौलिकहकको प्रत्याभूति गरेको छ । नेपालको संविधानको धारा ३५ ले “स्वास्थ्यसम्बन्धी हक”लाई मौलिकहकका रूपमामान्यतादिएको छ। सो धाराको उपधारा (१) माभनिएको छ, “प्रत्येक नागरिकलाई स्वास्थ्यसम्बन्धीआधारभूतसेवा राज्यबाट निःशुल्कप्राप्तगर्ने हकहुनेछ।” यस्तै, उपधारा (२) माभनिएको छ, “प्रत्येक नागरिकलाई सम्मानजनकजीवनयापनको लागि स्वास्थ्यबीमा गराउने राज्यको दायित्वहुनेछ।”
बयलपाटा अस्पतालको दिगो व्यवस्थापनको यो निर्णय संविधानको उक्तप्रावधानलाई व्यवहारमाउतार्ने दिशातर्फको ठोस कदममानिएको छ। विशेषगरी सुदूरपश्चिमकादुर्गम, सीमान्तकृत र पिछडिएका वर्गका जनताकालागि सहज, गुणस्तरीय र निःशुल्क स्वास्थ्य सेवा सुनिश्चितगर्नु राज्यको संवैधानिकदायित्वहो, जसमाप्रदेश सरकारले गम्भीरता देखाएको छ।

१७ वर्षदेखिको सेवा, अब सरकारी संरचनामा
बयलपाटा अस्पताल विगत १७वर्षदेखि ‘न्याय हेल्थ’नामक गैर–नाफामूलक संस्थाको साझेदारीमा सञ्चालितथियो। यस अवधिमा अस्पतालले अछाम मात्रनभई बाजुरा, बझाङ, डोटी लगायत कर्णालीप्रदेशका पहाडी जिल्लाकाहजारौं नागरिकलाई गुणस्तरीय निःशुल्क सेवाप्रदानगर्दै आएको छ ।
तर केहि वर्षहरू यताआर्थिक असहजताका कारण संस्थालाई अस्पताल सञ्चालनगर्न कठिन भइरहेको अवस्थाथियो। यदि समयमै स्थायी वैकल्पिक समाधानखोजिएको नभए, अस्पताल बन्दहुने अवस्थासिर्जना हुनसक्थ्यो। यस्तै संवेदनशील घडीमा मन्त्री खड्काले मन्त्रालयस्तरीय तथामन्त्रिपरिषद्बाट पहलगर्दै अस्पताललाई सरकारी स्वामित्वमाल्याउने प्रक्रिया अगाडि बढाए ।
स्थानीयआवश्यकता र नीति निर्माताको जिम्मेवारी
स्वास्थ्य सेवा राज्यको उत्तरदायित्वमात्रै नभई जनताको विश्वास र जीवन रक्षा सँग पनिजोडिएको विषयहो। मन्त्री खड्काको पहलले स्थानीयजनताको स्वास्थ्यप्रति देखिएको गम्भीर अभावलाई सम्बोधनगर्नुका साथै सरकार जनताप्रतिउत्तरदायीहुँदै गएको स्पष्ट संकेत दिएको छ।
“हामीले केवलभौतिकपूर्वाधार मात्र हैन, गुणस्तरीय सेवादिने संरचनानिर्माण गर्न खोजेका हौं,” मन्त्री खड्काले भने, “बयलपाटा अस्पताल प्रदेश मातहतल्याएर हामीले संविधानले तोकेको दायित्व र जनताको अपेक्षादुबै पूरा गर्न खोजेका छौं।”
सुदूरपश्चिमका लागि स्वास्थ्य पहुँचमा नयाँ अध्याय
बयालापाटा अस्पताल अब प्रदेश सरकारको ५० शैयाको अस्पतालका रुपमा सञ्चालनहुनेछ । जुनप्रदेशकै चौथो र सुदूरपहाडमा पहिलो हुनेछ ।
प्रदेश सरकार मातहत आएपछि अस्पतालमा जनशक्ति, औषधि, उपकरण, विशेषज्ञ सेवातथामातृ–शिशु स्वास्थ्य, आकस्मिक सेवा, सर्जरी सेवालगायतकाथप सेवाविस्तार गरिने जनाइएको छ। साथै, स्वास्थ्यकर्मीको कार्यसम्पादनमूल्याङ्कन, पारदर्शी व्यवस्था र अनुगमन प्रणाली पनि सुदृढ गरिनेछ।
स्थानीयवासी, जनप्रतिनिधि, नागरिक समाज र स्वास्थ्यकर्मीहरू यो निर्णयलाई दीर्घकालीन र दूरदर्शी कदमको रूपमालिइरहेका छन्। उनीहरूको विश्वास छ, अब बयलपाटा अस्पताल सुदूरपश्चिमप्रदेशको नमुना स्वास्थ्य संस्थाको रूपमा स्थापितहुनेछ।
संविधानले प्रत्याभूत गरेको स्वास्थ्यको मौलिकहकलाई व्यवहारमाउतार्ने प्रयास स्वरूप बयलपाटा अस्पतालको यो संरचनात्मक रुपान्तरण केवल एक संस्थाको हस्तान्तरण मात्रनभई सुदूरपश्चिमकालाखौं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने ऐतिहासिककदम बनेको छ ।
