

महेन्द्रनगर । घरभित्रै झुण्डिएर आत्महत्या गरेकी बेलडाँडी गाउँपालिका २ की सम्झना भधट्टलाई न्याय माग गर्दै विद्यार्थीहरुले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
आइतबार १ ७ वर्षिया भट्ट बेलडाँडी २ सिहपाल टोलस्थित घरभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनी लिटिल बुद्ध एकेडेमीमा कक्षा १२ मा अध्ययनरत थिइन् ।
विद्यालयका विद्यार्थीहरुले विहान जिल्ला प्रहरी कार्यालय अगाडि सडकमा सम्झनालाई न्याउ देउ भन्दै नाराबाजी गरी प्रदर्शन गरेका छन् ।
सम्झनाको तस्बिर सहित सम्झनालाई न्याय दे भन्ने लेखिएको ब्यानर बोकेर उनीहरुले नाराबाजी गरे । प्रहरी कार्यालयपछि उनीहरुले प्रशासन कार्यालयमा पनि सम्झनालाई न्याय मागेका छन् ।
भीमदत्त नगरपालिका ६ ऐठपुर माइती भएकी उनको बेलडाँडीका पवन भट्टसंग गत फागुनमा प्रेम विवाह भएको थियो । भट्ट अमिटी कलेजका विद्यार्थी हुन् ।

अहिले सम्झनाका पति पवन सहितका सासु र ससुरा आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । सम्झनाका माइतीले भट्ट विरुद्ध प्रहरी कार्यालयमा जाहेरी दिएको छ ।
“आत्महत्या दुरुत्साहनमा अनुसन्धानका लागि मृतकका श्रीमान्सहित सासूससुरालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ”, जिल्ला प्रहरी कर्याालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले भने ।
सम्झनाको झुण्डिएइको भेटिएको दिन उनका श्रीमान् पवनलाई पक्राउ गरएको थियो । त्यसपछि उनका सासु र ससुरालाई पनि पक्राउ गरिएको छ ।
सम्झना आइतबार सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनका माइती पक्षले श्रीमान् तथा परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् ।
सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको उनहरुको आरोप छ । गत शनिबार सम्झना र पवनबीच झगडा भएको थियो ।
झगडापछि त्यही दिन दुवै जना बेलडाँडी प्रहरी चौकीमा पुगेका थिए । प्रहरीले दुबै जनालाई सम्झाई–बुझाई घर पठाएको थियो ।
त्यसको भोलिपल्ट सम्झना घरमै मृत फेला परेकी हुन् । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

