ghar sansar

सम्झना मृत्यु प्रकरणका मुख्य योजनाकार सशस्त्र प्रहरीका डिएसपीको घरमा !

श्रीमान, सासु र ससुरा प्रहरी हिरासतमा

little buddha academy
khasi

महेन्द्रनगर । पाँच दिन अघि घरभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी बेलडाँडीकी सम्झना भट्टको मृत्यु प्रकरणमा सशस्त्र प्रहरीका नायब उपरीक्षक (डिएसपी) सुरज भट्ट मुछिएका छन् । उनीमाथि भट्टलाई मृत्युसम्म पुगाउने घट्नाका मुख्य योजनाकार पुजा भट्टलाई आफ्नै घरमा राखेको आरोप लागेका छ । 

यो घट्नामा सम्झनाका श्रीमान पवनकी दिदी पुजा भट्टलाई सम्झनाका आफन्तले मृत्यु योजनाको मुख्य योजनाकार रुपमा आरोप लगाएका छन् । उनलाई सशस्त्रका डिएसपीले भट्टको काठमाडौंंस्थित आफ्नै घरमा लुकाएर राखेको आरोप लागेको छ । 

,orning glory badhai

मृतक भट्टका आफन्तले पूजा भट्टलाई काठमाडौंस्थित आफ्नै घरमा लुकाएर राखेको आरोप लगाएका छन् । आफन्तले जिल्ला प्रहरी कार्यालय पुगेर प्रहरीलाई पूजा डिएसपी भट्टको घरमा बसि रहेका जानकारी दिएका छन् ।

आइतबार १७ वर्षिय सम्झना झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले उनका श्रीमान पवन भट्ट, पूजा भट्ट सहितका सासु ससुरा गरी चार जनाको नाममा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरीपछि सम्झनाका पति पवन सहित उनका आमा बुवा पक्राउ गरिएका छन् । जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर प्रहरीले उनीहरुमाथि अनुसन्धान गरि रहेको छ ।

किटानी जाहेरी दिइएकामध्ये ३१ वर्षिय पूजा भट्ट अझै पक्राउ परेकी छैनन् । उनी सम्झनाका पति पवनकी दिदी हुन् । सशस्त्र प्रहरीका डिएपसी भट्ट उनका देबर हुन् । मृतक सम्झनाका आफन्तले उनलाई मृत्यु प्रकरणकी प्रमुख योजनाकार भनेर आरोपित गरेका छन् ।

सम्झनाका आफन्तले सशस्त्र प्रहरीका डिएसपीले आफ्नो घरमा राखेर संरक्षण दिएका उनलाई पक्राउ गर्न आनाकानी गरिएको आरोप लगाए ।

‘सम्झनालाई मृत्युसम्म पुगाउने मुख्य योजनाकारलाई अहिलेसम्म पक्राउ गरिएको छैन, काठमाडांैमा संरक्षण पाएर बसेकी छन्, उनलाई जोगाउने कार्य हुँदैछ’ सम्झनाका आफन्त बसन्त भट्टले भने ।

आफन्तहरुले पूजाले नै उनका श्रीमान पवनलाई मार्न उक्साएको आरोप लगाएका छन् । ‘तँ मार दे, अब नछाडन्, के हुने हो, बढी ५ वर्ष जेल त जाने हो भनेर उक्साएर मार्न लगाएका हुन्, उनी नै यो मृत्यु प्रकरणको प्रमुख योजनाकार हुन्’ उनका आफन्तहरुले भने ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले सम्झनाका आफन्तले पूजा काठमाडौंमा नातेदारको घरमा बसेको जानकारी दिएको बताए । ‘आफन्तले हामीलाई पनि वहाँ काठमाडौंमा आफन्तको घरमा बसी राखेको जानकारी दिनु भएको छ’ उनले भने ।

प्रहरी नायब उपरीक्षक बोहराले पूजालाई पक्राउका लागि प्रहरी कार्यालयले प्रक्रिया अघि बढाएको बताए । ‘वहाँ काठमाडौंमा बसि राखेको छ भन्ने छ, त्यस आधारमा कार्यालयले आफ्नो हिसाबले प्रक्रिया अघि बढाएको छ’ उनले भने ।

प्रहरी स्रोतका अनुसार प्रहरीले पूजाको लोकेशन समेत ट्रेस गरेको छ । त्यसमा उनी काठमााडौंमै देखिएको प्रहरी स्रोतको भनाई छ ।

भीमदत्त नगरपालिका ६ ऐठपुर माइती घर भएकी सम्झना र बेलडाँडाका २४ वर्षिय पवन भट्टबीच गत फागुनमा प्रेम विवाह भएको थियो । 

विवाहपछि उनीहरुबीच झैझगडा भएर प्रहरीसम्म पुगेको थियो । सम्झना मृत भेटिन अघि शनिबार पनि उनीहरु दुबै जनाबीच इलाका प्रहरी कार्यालय बेलडाँडीमा छलफल गरी मिलापत्र गरिएको थियो ।

आफन्तको अनुसार सम्झना रक्ताम्ये अवस्थामा इलाका प्रहरी कार्यालय पुगेकी थिइन् । इलाका प्रहरी कार्यालयबाट घर फर्केपछि उनले आफू बाँच्ने नसक्ने भन्दै आफन्तलाई सन्देश पठाएकी थिइन् ।

आइतबार सम्झनाका श्रीमान पवनलाई पक्राउ गरिएको थियो । त्यसपछि उनका ससुरा हरिदत्त भट्ट र सासु किरण भट्टलाई पक्राउ गरिएको हो ।

सम्झनाका माइती पक्षले उनीहरु विरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ।

सम्झनाका माइतीले उनका श्रीमान् तथा परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् ।

सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको उनहरुको आरोप छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता बोहराले आत्महत्याको कारण पत्ता लाग्ने बताए । 

बुधबार विद्यार्थीहरुले सम्झनालाई न्याय माग्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...