ghar sansar

सामुदायिक विद्यालयको सशक्तिकरण सम्बन्धि अन्र्तक्रिया कार्यक्रम

little buddha academy
khasi

महेन्द्रनगर । गुणस्तरीय र समतामूलक शिक्षाका लागि सामुदायिक विद्यालयको सशक्तिकरण विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रिन्सिपल एसोसिएसन अफ नेपाल(पान) कञ्चनपुरले बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम गरेको छ ।

पान कञ्चनपुरका जिल्ला अध्यक्ष हिक्मत सिह ऐरीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा (प्यान)का संस्थापक जिल्ला सदस्य प्रकाश चन्दले जिल्लाको सामुदायिक शिक्षाका चुनौतीहरू, अवसरहरू, असल अभ्यास र सम्बन्धित पक्षको चासो विषयमा प्रस्तुतिकरण गरेका थिए ।

,orning glory badhai
dirghayi clinic

पान कञ्चनपुरका जिल्ला उपाअध्यक्ष सुरेन्द्र सिह साउदले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन सह सचिव गणेशदत्त शर्माले गरेका थिए ।

कार्यक्रममा पान सुदूरपश्चिमका महासचिव बिष्णु भण्डारीले संस्था सम्बन्धि जानकारी दिए । पान बेदकोट नगर अध्यक्ष नवराज पन्तले प्यानल डिस्कसन गरे ।

कार्यक्रममा बेदकोटका मेयर बोहरा सहित सुदूरपश्चिम विश्वविद्यालयका पूर्व सहायक डीन डा. मदन सिह देउपा, भीमदत्त शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, सामाजिक विकास समिति संयोजक सुशिल कुमार भट्ट, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र राज बिष्ट तथा प्रधानाध्यापक नरेन्द्र प्रसाद जोशी प्यानललिष्ट थिए ।

कार्यक्रमबाट सबैको सामुहिक प्रयासबाट सामुदायिक विद्यालयको गुणस्तर सुधार हुने निष्कर्ष निकालिएको पान उपाध्यक्ष साउँदले बताए ।

Himal dental
सम्बन्धित
Loading...