

महेन्द्रनगर । “समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान नेपाल” द्धारा स्वतन्त्रको एकता महाकाली मेची यात्रा कञ्चनपुरको गड्डाचौकीबाट सुरु भएको छ ।
कैलालीको गोदावरीका युबा प्रेमराज भट्टको नेतृत्वमा सुरु भएको अभियानको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारादत्त जोशीले राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै गरेका हुन् ।


“राष्ट्रियता, सुशासन, समृद्धि, एकता” नारासहित सुरु भएको अभियान अन्तर्गत टोलीले महाकाली–मेची यात्रा गर्नेछ । युवाहरूले पार्टीको झन्डा नभई नेपालको झन्डा बोकेर अघि बढ्नुपर्ने संयोजक भट्टले बताए ।
अभियान पुर्वको धरानमा गएर समापन हुने छ । राजनीतिक दलहरुले अहिलेको समस्याको समाधान दिन नसक्ने भन्दै उनिहरुले कम्तिमा स्थानिय तहमा स्वतन्त्र ब्यक्ती निर्बाचित हुनुपर्ने जिकिर राख्दै आएका छन् ।
धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङ्कले यात्रा समापन गर्ने छन् ।

