ghar sansar

वनखेतको क्यासिनोमा खटियाबाट लडेर भारतीय नागरिकको मृत्यु

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ वनखेतस्थित होटेल दरवार बुटिक(डाईमण्ड) मा सञ्चालित क्यासिनो हेप्पि आवरमा लडेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।

भारत अलमोडा रानिखेतका ५३ बर्षिय दिपेन्द्र सिंह क्यासिनोमा खटियाबाट लडेर घाइते भएका थिए ।

,orning glory badhai
dirghayi clinic

घाइते सिहकाृ महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रानीखेतका सिंह खाटबाट लडेर घाईते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी टेक बहादुर रावतले जानकारी दिए ।

डिएसपी रावतका अनुसार सुतेको अवस्थामा खाटबाट लडेका सिंहको निधारमा चोट लागेको थियो ।

उनका महाकाली प्रदेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपि रावतले बताए । शवको पोष्टमार्टम गरेर आफन्तले बुझेको उनले बताए ।

Himal dental
सम्बन्धित
Loading...