ghar sansar

यस्ता प्रतिवद्धता बोकेर चुनावी मैदानमा छन् चन्द्र

little buddha academy
khasi

महेन्द्रनगर । भदौ २१ गते हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औं कार्य समिति निर्वाचनमा चन्द्र सिंह बिष्ट सदस्यका उम्मेदवार छन् । विष्ट अहिले सहयोगका लागि सबै निर्माण व्यवसायीसित भेटघाट गरि रहेका छन् ।

सबैबाट साथ र सहयोगको आश पाएका विष्ट उत्साहित छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रबाट संघको सदस्य बन्न सबैको सहयोगमा पाउनेमा उनी आशावादी छन् ।

,orning glory badhai

दोधारा चाँदनी नगरपालिका स्थायी बसोबास भएका विष्टको भीमदत्त नगरपालिका ६ ऐठपुरमा पनि बसोबास छ । उनी नागार्जुन बिल्डर्सका सञ्चाालक हुन् ।

विष्ट निर्माणसित निर्माण व्यवसाय बाहेक सामाजिक संघ संस्थामा सेवा गरेको अनुभव पनि छ । उनी विभिन्न सामाजिक संघ संस्था र वन संरक्षण समूहमा पनि काम गरेका छन् ।

उनी २०६१ मा शुक्लाफाँटा वन्यजन्तु आरक्ष अन्तर्गत तत्कालीन चाँदनी गाविसबाट हिमालय उपभोक्ता समितिको सचिवका रूपमा पाँच वर्ष सेवा गरे। २०६२÷०६३ सालको जनआन्दोलनमा तत्कालीन चाँदनी गाविसबाट जनआन्दोलन परिचालन समितिको सह–संयोजक रहँदै सक्रिय भूमिका खेलेका उनले सोही क्रममा प्रहरीको कुटाइबाट घाइते समेत भएका थिए ।

त्यस्तै, २०७३ सालमा भानु बहुमुखी क्याम्पसद्वारा सञ्चालित धनधान्याञ्चल ज्ञान महायज्ञको उपाध्यक्षका रूपमा तथा सोही क्याम्पस निर्माण समितिको अध्यक्षका रूपमा भौतिक संरचना निर्माणमा नेतृत्व दिएका थिए। सोही वर्षदेखि उनले नागार्जुन बिल्डर्सको व्यवस्थापन सम्हाल्दै आएका छन् ।

बिष्टको निर्माण क्षेत्रमा गरेको योगदानलाई भीमदत्त नगरपालिका–५ कार्यालयले समेत सम्मान गरेको छ । नगरपालिकाले सडक विस्तार कार्य गुणस्तरीय र समयमा सम्पन्न गरेको भन्दै उनलाई प्रशंसा पत्र प्रदान गरेको थियो ।

dirghayi clinic

निर्माण व्यवसाय क्षेत्रमा लामो समयदेखि सक्रिय विष्टले आफ्नो अनुभव निर्माण व्यवसायी संघ आएर व्यवसायिक हकहितमा लगाउने सोच बनाएका छन् ।

उनी भन्छन्,‘लामो समयदेखि यहीं क्षेत्रमा छु, साथीहरुको हक अधिकारका लागि लड्छु, बोल्छु, अहिलेसम्म सिकेको अनुभव सबै व्यवसायी साथीहरुको हकहितमा लगाउँछु ।’

विष्ट चुनावी प्रतिवद्धता सहित व्यवसायीसित पुगेका छन् । उनी सबै सरकारी कार्यालयबाट व्यवसायीलाई समान रुपमा भुक्तानी हुने नियम पालना गराउन लाग्ने उनको चुनावी वाचा छ । सार्वजनिक खरिद ऐन अनुसार सबै कार्यालयले समान रुपमा गर्न पर्ने भए पनि फरक फरक भएकाले व्यवसायी मार्कामा परेको विष्ट बताउँछन् ।

योजना सम्पन्न अवधि बढाउने विष्टको चुनावी वाचा छ । उनी योजना सम्पन्न अवधिमा सरकारी कार्यालयको मनपरी हुने गरेको बताउँछन् ।

‘सडक कालोपत्रेमा ४५ दिन समय अवधि दिइन्छ, यसलाई बढाउन म बुलन्द आवाज उठाउने छु’ उनले भने ।

विष्टले निर्माण स्थलमा हुने अवरोध हटाउन पहल गर्ने वाचा अघि सारेका छन् । उनका अनुसार अवरोध गर्नेहरुसित भित्री र बाहिरी स्वार्थ हुने गर्छ ।

उनीहरु बाहिर देखाएर भित्रै अर्कै स्वार्थ लिएर अवरोध गर्छन् । त्यसका लागि आफूले कानुनी कारवाही प्रक्रिया अपनाएर रोक्न उनी बताउँछन् ।

‘व्यवसायीका यी र यस्तामा कठिनाई समाधानका लागि म यो निर्वाचनमा होमिएको छु’ उनले भने,‘व्यवसायी साथीहरुले मलाई सहयोग गरी सदस्य बनाउनेमा ढुक्क छु ।’

Himal dental
सम्बन्धित
Loading...