

महेन्द्रनगर । निर्माण ब्यवसायी संघ कञ्चनपुरको १५औं कार्यसमितिका लागि निर्वाचनमा जाने लगभग निश्चित भईसकेको छ । संघको नेतृत्वका लागि प्यानल बनाएरै दुई समूह चुनावी रणनितिमा लागेसंगै भदौ २१ गते निर्वाचन हुने पक्का भएको हो ।
नेतृत्व परिवर्तनको नारा लिए युवा ब्यवसायीको अगुवाई गर्दै अध्यक्षका उमेदवार पुष्पराज अवश्थी नतिजा आफ्नो पक्षमा पार्न शसक्त रुपमा चुनाव प्रचारमा जुटेका छन । उनी १४ औं कार्यसमितिको निर्वाचनमा थोरै मतले पराजित भएका थिए ।


अघिल्लो चुनावमा हारका बावजुत अहिले पुन अध्यक्षमा उनको दावी स्वभाविक भएको मतदाताहरुको बुझाई छ । त्यती मात्र होईन अवश्थी सफल र असल निर्माण ब्यवसायीको रुपमा पनि परिचित छन् । १३ औं कार्यसमितिका बरिष्ठ उपाध्यक्ष समेत रहेका पुष्पराज यस पटक मतदाताले न्याय गर्नेमा ढुक्क छन् ।
अवश्थीले पदाधिकारीमा सबै बर्गका निर्माण ब्यवसायी र क्षेत्र समेटेर सन्तुलित प्यानल बनाएका छन । यसअघि आफु पराजित हुँदा पनि वर्तमान समितिमा पदाधिकारी रहेका र केहि नयाँ अनुहारका साथमा नेतृत्व लिने दाउँमा अवश्थी छन । उनले जिल्लाका तिन वटै निर्वाचन क्षेत्रका ब्यवासायीलाई प्यानलमा समेटेका छन ।
निर्माण ब्यवसायी संघलाई सबैको साझा संस्था बनाउँदै नेतृत्वमा दोहोरीने परम्परालाई अन्त्य गर्ने प्रतिवद्धता बोकेर अवश्थी प्यानल प्रचारप्रसारमा जुटेको छ ।
पुष्पराज प्यानलबाट वरिष्ठ उपाध्यक्षमा अमर बहादुर बम, उपाध्क्षय यज्ञराज बैज, महासचिव– देबीदत्त भट्ट, सचिव गोरेसिंह ऐर, कोषाध्यक्ष दिलबहादुर सिंह र सह कोषाध्यक्ष चित्रबहादुर कार्की उम्मेदवार छन् ।

