ghar sansar

दोधारा चाँदनीमा शान्ति टोलले सहन्छ बर्सेनी बाढीको चोट

little buddha academy
khasi

रनि विवश
महेन्द्रनगर । सोमबार विहान जोगबुढा नदीको बाढी बस्तीमा आएपछि घर छाडेकी दोधारा चाँदनी नगरपालिका १० शान्ति टोलकी कमला सार्की बुधबार तीन दिनपछि फर्किइन् ।

बाढीले वस्तीका सबै घरहरु डुबान भएपछि सार्की अन्य वासिन्दासंगै ज्यान जोगाउन अम्बिका माध्यमिक विद्यालय पुगेकी हुन् । तीन दिन विद्यालय बसेर वासिन्दासंगै घर फर्किएकी छन् ।

,orning glory badhai

सार्कीका श्रीमान भारतमा मजदुरी गर्न गएकाले उनी घरमा एक्ले थिइन् । मजदुरी गरी सार्की परिवारले गुजारा गर्दै आएका छन् ।

‘भारत नगई त खानै पाइदैन’ उनी भन्छन्,‘यो बाढी त बर्सेनी आउँछ, यस पटक पनि आयो, अन्नबाली त भित्र्याउनै दिँदैनन् ।’

सार्कीले बाढीले आफ्नो १० कट्टा जग्गामा लगाएको धानबाली र २ बिगाहा खेतमा उखुमा क्षति पुगेको बताइन् । ‘धानहरु पोटा लाग्न थालेको थियो, १० कट्टा जति छ, गन्ना दुई बिगाहा थियो, पूरै ढलेको छ,’ उनले भनिन्,‘हर साल बाढी आउँछ, बाढीले सब लैजान्छ ।’

घर फर्किएपछि सार्कीले आफ्नो धानखेत र उखुबाली हेरिन् । ‘विद्यालयबाट फर्केर आए, खेतमा गए, मन खिन्न भो’ उनले भनिन्,‘अब यस पाली पनि खान पुग्दैन ।’

विद्यायलको दिने बसाईमा समस्या नभएको उनी बताउँछिन् । खाना, चाउचाउ, भुजा खाएको उनले बताइन् । ‘सबै राम्रो थियो, त्यहाँ त केही समस्या भएन’ उनी भन्छिन्,‘चिसोले अलिकति रुखाखोकी लागेको छ ।’

दोधारा चाँदनी नगरपालिका १० को शान्ति टोल जोगबुडा नदी किनारको वस्ती हो । जोगबुडा र महाकाली नदीको बाढी बर्सेनी बस्ती आउने गर्छ । वस्तीमा ३१ घरधुरी छन् । बस्तीमा सबै घर बर्सेनी बाढीको चपेटामा पर्ने गरेका हुन् ।

लाली गुराँस सामुदायिक विपद् व्यवस्थापन समितिका उपाध्यक्ष जयसरा सार्की खोलाहरुमा पानी बढे वस्तीमा बाढी आउने गरेको बताउँछिन् । ‘यो वस्तीमा पश्चिमतिर यो जोगबुडा छ, उता(पूर्वतिर) पनि खल्ला छ, खोला बढे पानी आइ हाल्छ, महाकाली बढे पनि पानी आइहाल्छ’ उनले भनिन् ।

खोला र खल्लाले घेरिएकाले बाढीको समयमा ज्यान जोगाउन मुस्किल हुने गरेको सार्की बताउँछिन् । ‘खल्लाको बाटो छ, बाढी आउँदा पनि त्यही भएर जानु पर्छ’ उनले भनिन्,‘हामीलाई त बाटोघाटो पनि छैन ।’

जोगबुडा नदीमा बलियो तटबन्ध निर्माण नभएसम्म बस्तीलाई समस्याले नछाड्ने स्थानीय अमृता खड्का बताउँछिन् ।
‘जोगबुडामा तटबन्ध बनाई दिए मात्रै हाम्रो समस्या हल हुन्छ’ उनले भनिन्,‘नत्र यो समस्या सधैै आइ रहन्छ ।’

बाढीले खड्काको घरको बार भत्काएको छ । छोरा छोरीका कापी किताब भिजेका छन् । उनका तीन सन्तान कक्षा १, २ र ७ मा पढछन् । सोमबार विहान ११ः३० बाढीबाट जोगिन उनी घर छाडेर निस्केकी थिइन् । उनी बाख्रालाई खोरमा छाडेर हिँडेकी थिइन् ।

‘घर डुब्नै लाग्यो, त्यहीं बेला हामी सबैलाई लिन ट्रयाक्टर आएको थियो, केही नलिई निस्के’ उनले भनिन्, ‘बाख्राको खोर उचो थियो, छाडेर गयौ ।’

dirghayi clinic

खल्ला भरिएर तर्न नसकिने अवस्था आएकाले बाख्रालाई छाडेर गएको उनले बताइन् । खड्काले धेरै परिवारको गहुँ भिजेको बताइन् । उनी आफूहरुका लागि वस्तीमा सुरक्षित घर बनाउनु पर्ने बताउँछिन् । ‘त्यो उताको खल्लाको भरिएपछि उता पनि जान सकिदैन, त्यहीं भएर यही नै सेफ हाउस बनाउन पाए राम्रो हुने थियो’ उनले भनिन् ।

वस्तीका सबै वासिन्दाले भारतमा मजदुरी गरी जीविका चलाउँदै आएका छन् । वस्तीका केही घर परिवार बाहेक अधिकाँशसित जग्गा छ । उनीहरु सबैको ऐलानी जग्गा हो । ‘केही परिवारको घर मात्रै छ, अरुसित जग्गा छ, यो पूरै ऐलानी हो’ उनले भनिन् ।

वस्तीकी तुलसीदेबी दमाईले बस्तीका सबै घर डुबानमा परेको बताइन् । ‘सबैका घर डुबेका छन्, घरभित्र पानी पसेर सबैका आटा चामल भिजेको छ’ उनले भनिन् ।

वस्तीमा बाढी २०६५ मा घर छाडेर सुरक्षित स्थानमा जाने क्रममा डन्लप खाल्डोमा डुबेर ८ बालक सहित ९ जनाको ज्यान गएको थियो । त्यसपछि कल्भर्ट हालेर खाल्डो निकास गरिएको थियो ।

ज्यान गुमाउनेमध्ये बुद्धकली सार्कीका नाति र नातिनी पनि थिए । उनीहरु दुबै ४÷५ वर्षका थिए । नाति नातिनाको ज्यान गएपछि बुहारीको मानसिक सन्तुलन बिग्रेर घर छाडेर हिँडेको सार्की बताउँछिन् ।

‘बुहारी पागल भई, छोराले अर्कैसित विवाह ग¥यो, छोरा भारतमा छ, एउटा नातिनी मसित छ’ उनी भन्छिन् ।

सार्कीले भत्ताले गुजारा गर्दै आएको बताइन् । हिउँदे र बर्खे दुबै बाली भित्र्याउन नसक्ने अवस्थामा छन् सार्की । ‘धान लगाउँछु, यो बाढी आउँछ, नत हिउँद, न त बर्खा कही काट्न चुट्न पाउँदैन’ उनी भन्छिन् ।

बाढीले खेतबारी नभएका परिवारलाई बढी समस्या हुने गरेको गीता सुनारले बताइन् । घर मात्रै भएकी सुनारसित जग्गा जमिन छैन् । सुनारले अधिँया गरी गुजारा चलाउँदै आएको बताइन् । ‘भारतमा गएर मजदुरी गर्छाै, अधियाँ कमाएर खान्छौ’ उनी भन्छिन् ।

शान्ति टोलमा दलित समुदायका अधिकाँश परिवार छन् । ५ घर खडका र दुई परिवार सुनार बाहेक सबै सार्की समुदायका घर छन् । सार्की समुदायबाट सल्लानबाट शान्ति टोल आएका हुन् ।

लाली गुराँस सामुदायिक विपद् व्यवस्थापन समितिका उपाध्यक्ष सार्कीले वस्तीमा पूर्व सूचना प्रणालीको व्यवस्था भएकाले बाढी र डुबानबाट ज्यान जोगाउन सजिलो भएको बताइन् ।

‘पूर्व सूचना प्रणाली छ, यसले बाढीको सूचना सबैलाई थाह हुन्छ, समयमा भाग्नलाई हुन्छ’ उनले भनिन्,‘नत्र समस्या धेरै हुन्थ्यो ।’

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले स्थानीय सरकारले तटबन्ध निर्माणका लागि संघ र प्रदेश सरकारसित आग्रह गर्दै आएको बताए ।

‘बस्तीमा समस्या छ, हामीसित तटबन्ध बनाउन बजेट हुँदैन, संघ र प्रदेश सरकारसित आग्रह गर्दै आएका छौ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...