

महेन्द्रनगर । जेनजी आन्दोलन चर्किएपछि कञ्चनपुरमा सत्तारुढ दलका पार्टी कार्यालय सहित विभिन्न स्थानमा आगजनीर तोडफोड गरिएको छ ।

सत्तारुढ काँग्रेस र एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ । यसैगरी भीमदत्त नगरपालिका कार्यालयको प्रवेशद्वारमा पनि आगजनी र तोडफोड गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको प्रवेशट्ठारमा समेत तोडफोड गरिएको छ ।
आन्दोलनकारीले निवर्तमान गृह मन्त्री रमेश लेखकको महेन्द्रनगर र गयलनदीस्थित घरमा तोडफोड गर आगजनी गरेका छन् । आन्दोलनकारीले प्रशासन कार्यालयमा टायर बालेका छन् ।

