ghar sansar

जेएनी आन्दोलनमा कञ्चनपुर कारागारबाट भागेका कैदी घरमै मृत फेला

little buddha academy
khasi

महेन्द्रनगर । जऐन जी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट भागेका एक कैदी घरमा मृत भेटिएका छन् । बेलडाँडी गाँउपालिका वडा नं. १ का २७ बर्षिय पदम राज भट्ट घरमा मृत भेटिएका हुन् । लागु औषध मुद्दामा भट्ट दुई वर्षदेखि कारागारमा सजाय काटि रहेका थिए ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले शनिबार भट्ट घरमै मृत फेला परेको बताए । ‘कारागारबाट भागेका कैदीबन्दी मध्ये भट्ट घर ओछ्यानमै सुतेको अवस्थामा मृत भेटिएका रहेछन, ‘प्रवक्ता बोहराले भने, ‘घटनाको अनुसन्धान अघि बढाईसकेका छौँ ।’

,orning glory badhai

प्रवक्ता बोहराका अनुसार अदालतले भट्टलाई लागु औषध मुद्दामा ५ बर्ष ६ महिना कैद सजाय तोकिएको थियो । आन्दोलकारी कारागार प्रवेश गरेपछि कारागारका ४ सय ७९ मध्ये अधिकाँश कैदीबन्दी भागेका थिए । भदौ २४ गते साँझ कैदीबन्दीहरु कारागारबाट भागेका थिए ।

Himal dental
सम्बन्धित
Loading...