

महेन्द्रनगर । बेल्डाँडी गाउँपालिका १ का डम्बर सिह विष्टको हात्तीको आक्रमणबाट घाइते भएका छन् ।

बेलडाँडी कालिका टोल विष्टलाई शनिबार साँझ चान्देउबाट बेल्डाँडी घर फर्किने क्रममा झरना सागर सामुदायिक वन नजिक क्षेत्रमा हात्तीले आक्रमण गरेको हो ।

साइकलबाट आउने क्रममा विष्ट हात्ती आक्रमणमा परेका हुन् । हात्ती आक्रमणबाट ४७ वर्षिय विष्टको शरिरका विभिन्न भागमा चोट लागेको छ ।

