

–कुशुम विष्ट
मेरो शिवनाथ गाउँपालिका तल्ली सोराड, सर्माली कोपरे भन्ने ठाउँमा (पुख्र्यौली) बुवाबाजेले जोडेको प्रशस्त सम्पति छ । त्यो कुरा त्यहाँका बासिन्दाहरुलाई थाहा छ । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका परीगाँउमा मेरा ससुरा बुवाले जोडेको कति सम्पति थियो ? त्यो त्यहाँका स्थानीयले बताउलान् । त्यहाँका स्कुल र सामाजिक संस्थाहरुलाई समेत जमीन दान गरिएको कुराको स्थानीय जनता साक्षी छन । अझैपनि परशुराममा मेरो पुख्र्यौली सम्पत्ति छदैछ। अनि भिमदत्त नगरपालीका वडा नं ४ मा २०४८ सालदेखि नै मेरा बुवा ( ससुरा बा ) ले पेट्रोल पम्प चलाउदै आएको त महेन्द्रनगरबासी सबैलाई थाहा छ । यि सबै सम्पतिहरु के मेरो श्रीमानले मेयर भएपछि जोडेको हो ? बरु वहाँ मेयर निर्वाचित भएपछि सम्पति बेच्नु परेको छ। भिमदत्त नगरपालिकाको चम्मन चौराहामा रहेको ८ वटा सटर सहितको ५ कट्ठा जग्गा,पेट्रोल पम्प र भाषिमा रहेको घर बेचेर आएको पैसाले चुनावको बेलाको ऋण समेत तिरि भिमदत्तको वडा नं १८ को कटानमा डेड कट्ठा जग्गा किनेर घर बनाएको हो । मेरा श्रीमान् ३ भाइ मध्ये सबै अहिले घडेरीमस मात्र सिमित भएका छन । राजमार्ग संगै जोडिएको मुख्य बजारको ५ कट्ठा जग्गा, ८ वटा सटर अनि पेट्रोल पम्प र भाँषिमा भएको घर समेत बेचेर ऋण तिरि, बचेको पैसाले बजार भन्दा टाढा थोरै जमीनमस घर बनाएर बसेका छौ । त्यै पनि घर बनाउन पैसा नपुगेर बैक तथा बिभिन्न सहकारीबाट ऋण लिएकी छु , मेरो तलब ऋणको किस्ता तिर्नमै ठिक्क हुन्छ । नेपाल बैक लि. मा रहेको खाता न. १५६००१०७३५०७८१०००००३ मा कति लोन छ ? ीक्ष्ऋ बाट लिएको लोन, नागरिक लगानी कोष बाट लिएको लोन, स्कुल को सहकारी बाट लिएको लोन र सुर्योदय सहकारि सस्थाबाट लिएको लोन कति कति हेर्न सक्नुहुन्छ, अनि घर बनाउने क्रममा विभिन्न व्यापारी हरु बाट उधारो लिएको समानको पैसा तिर्न अझै बाँकी छ। साच्चिकै भनुभने कहिले काँही घरधन्दा चलाउन समेत निकै गाह्रो हुन्छ ।

२०६४ साल देखि वैजनाथ मा.वि मा शिक्षण पेसा गर्दै बच्चा पढाउदै आएकी छु र त्यसै तलबबाट श्रीमानलाई राजनितिमा सहयोग पनि गरि रहेकी छु । यो राजनितिका कारण मैले कहिल्यै पनि मेरो श्रीमान सँग धीत मारेर बस्ने समय पाएकी छैन, जतिबेला पनि पार्टी, देश र समाजको मात्रै चिन्ता गरिरहनु हुन्छ । घर परिवार र छोराछोरीको भन्दा पार्टी र देशको चिन्ता बढि गरिरहनु हुन्छ । म सँगैका धेरै साथिभाईहरुका छोराछोरी हरु युरोप अमेरिका तिर छन तर वहाँले हाम्रा छोराछोरी हरुका त्यता तिर जाने कुरा सुन्दै सुन्नु हुन्न । जे गर्ने हो स्वदेश मै गर्ने हो भनेर यहीं महेन्द्रनगर कै सामान्य स्कुलमा बच्चाहरू पढाइरहेकी छु ।

वहाँ मेयर भएकै दोश्रो बर्ष निर्मला पन्तको बलात्कार पछि हत्या भयो, हत्यारा पत्ता लगाउन, वहाँको न कुनै कार्यक्षेत्र थियो न कुनै अधिकार नै थियो फेरि पनि मेरो घरमा ढुङ्गामुढा गरियो म लगायत मेरा परिवारलाई गालि गलौच र लान्छना लगाउने काम भए ? मेरो घरको बच्चाहरुलाइ बलात्कारि हुन भनेर मानसिक तनाव दिने काम गरिए, । त्यतिबेला बेलादेखि हाम्रो पछि परेकाहरु अहिलेसम्म पनि लखेटिरहेकै छन । अहिले पनि मेरो घरमा कुन ठाँउमा पानीको मोटर छ ,कुन ठाँउमा बिजुलिको मिटर छ ? सबै जानकारी दिएर त्यो सबैकुरा पहिला तोड्न लगाउने अनि घटनाको समयमा केटाहरु सङ्ग नाच्ने, तालि बजाउने महिलाहरु , सबैकुरा तोड केही छुट्नु हुदैन भनेर आदेश दिने, अनि मेयर कि श्रीमती आइसकीत्यसले पहेलो लुगा लगा छ त्यस लाइ पनि मार्नुपर्छ भन्ने हरु सबै यहि समाजको हुनुहुन्छ र चिनिएकै हुनुहुन्छ, मैले तपाइहरुको के बिगार गरेको छु र म प्रति यति धेरै ईष्र्या किन ?? श्रीमान र मैले कसको के बिगारेका छौ ? अनि किन हाम्रो खेदो खन्दैछन ? यो समाजले पक्कै पनि न्याय देला भन्ने आशा गरेकी छु ।
वहाँले भिमदत्तको मेयर हुँदा हाम्रो वरिपरि घुम्ने हरु अहिले कहाँ गए ? अहिले मलाई भेट्दा धेरै मान्छेहरुले भन्छन भिमदत्तको बिकासको खाका त सुरेन्द्र बिष्टले नै कोरेको हो । त्यसो भन्दा मनमा केहि खुशी लागेपनि यहाँका मानिसहरूको ब्यवहार देख्दा मन खिन्न भएर आउँछ, बेकार किन वहाले, यहाँका यस्ता मान्छेहरूको चिन्ता गर्नुहुन्छ ? मजाले आफ्नो पुर्खाको सम्पति छँदैथियो, पहाडदेखि बिजनेस गर्दै आएको पारिवारिक पृष्ठभूमि थियो, यो राजनिति भन्दा त कुनै बिजनेस नै गरेको भए अहिले यस्तो अवस्था त आउदैन थियो भन्ने लाग्छ ।
मेरा श्रीमानले मेयर भएको बेला पैसा कमाएर घर बनाएको हो भनि जलाउने हरु हो ! त्यो कुरा प्रमाणित गरेर देखाई दिनोस, म मेरा सन्तानको कसम खाएर भन्छु , मलाई त्यसै घरमा फासी लगाए पनि स्वीकार्य छ । होइन भने अहिले मेरा घर जलाउन आउनेहरु र खारानीमा नाच्नेहरुलाई यो समाजले चिनेकै छ, तपाई हरु पनि यसै समाजको हुनुहुन्छ । भोलि तपाईंलाई समाजले अवश्य सजाय दिने नै छ भन्नेमा म विश्वस्त छु । मेरा कुलदेउता नागर्जुन, शिवनाथ ,खोला केदार र मेरा माइती देउता केदार, भुमिराज कैलपाल. दोगडा, र यहाँका स्थानीय देउता शिद्धनाथ, वैजनाथ, घटाल बाबा, र कलपट्ठेले अवश्य न्याय देलान । तिमिहरुको कहिल्यैँ भलो नहोस् यो मेरो श्राप हो ।
कुशुम विष्टको फेसबुकबाट साभार

