ghar sansar

यी हुन् आन्दोलनमा आगजनी गर्न उक्साउने अस्पतालका कर्मचारी

little buddha academy
khasi

महेन्द्रनगर । सेती प्रादेशिक अस्पतालमा कार्यरत एक कर्मचारीले जिल्ला प्रहरी कार्यालय र वन डिभिजन कार्यालयमा तोडफोड गर्न युवाहरूलाई उक्साएको तथ्य फेला परेको छ ।

dirghayi clinic

सेती अस्पातमा कार्यरत महेश्वरी विष्टले तोडफोड गर्न युवाहरूलाई उत्तेजित बनाएकी हुन् । जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक भवन नजिकै फुटपाथमा उभिएर विष्ट र अर्की एक जना महिलाले युवाहरूलाई तोडफोड गर्न सल्लाह दिएकी हुन् ।

,orning glory badhai

उनी र सँगै रहेकी अर्की महिलाले भदौ २४ गते साँझ युवाहरूलाई प्रहरी कार्यालय र नजिकै रहेको वन कार्यालयमा समेत तोडफोड गर्न उक्साएको र उनको सल्लाहको प्रतिवाद गर्दा एक युवालाई अश्लिल गाली समेत गरेकी थिइन् ।

जेन्जी युवाहरूलाई सरकारी सम्पत्तिमा तोडफोड नगर्न र प्रहरीमाथि आक्रमण नगर्न सम्झाइ बुझाइ गरिरहेका पत्रकारलाई समेत कुटपिट गर्न विष्टले युवाहरूलाई उक्साएकी थिइन् । कैलाली प्रहरीले बिष्ट र एक जना अर्की महिलाको भिडियो प्राप्त भएको जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...