ghar sansar

बेलौरी नगरपालिकाको कर्मचारी भन्दै फेसबुकबाट परिचय पत्र सार्वनिक गर्ने व्यापारी दम्पत्तिलाई माओवादी कारवाही

little buddha academy
khasi

महेन्द्रनगर । बेलौरी नगरपालिकाको कर्मचारी परिचय पत्र सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने बेलौरी बजारका व्यापारी दम्पत्ति नेकपा माओवादी केन्द्रको कारवाहीमा परेका छन् ।

बेलौरी बजारको राज कम्युटरका सञ्चालक राज कुमार चौधरी र उनकी धर्मपत्नि रिता चौधरीले आफूहरु नगरपालिकाको कर्मचारी भएको भन्दै केही दिन अघि सामाजिक सञ्जालबाट परिचय सार्वजनिक गरेका थिए ।

,orning glory badhai

नगरपालिकाले व्यापारी दम्पत्तिलाई कर्मचारी नियुक्त गरिएको भन्दै चौतर्फी आलोचना भएपछि माओवादी केन्द्रको बेलौरी नगर समितिले उनीहरुलाई स्वष्टीकरण सोधेको थियो ।

चौधरी दम्पत्तिले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि उनीहरु दुबैलाई माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, “निजहरूबाट जवाफ माग्दा चित्त बुझ्दो जवाफ नआएकोले… आजको मितिदेखि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको व्यहोरा जानकारी गरिन्छ’ माओवादी केन्द्रका नगर सचिव सुन्दर चौधरीले जारी विज्ञप्तिमा भनिएको छ ।

माओवादी कारवाहीमा परेकी रिता चौधरी माओवादीको बेलौरी नगर कमिटी सदस्य हुन् । उनका श्रीमान सञ्जय माओवादी केन्द्रका पार्टी सदस्य छन् ।

पार्टीको नगर कमिटी सदस्य र उनका श्रीमान करार कर्मचारी नियुक्ति भएर विवादमा तानिएपछि नगर कमिटीले स्पष्टीकरण सोधेको थियो ।

चौधरी दम्पत्तिको कर्मचारी परिचय पत्र बाहिर आएपछि मेयर पोतिलाल चौधरी तनावमा छन् । उनीहरु दुबै मेयर चौधरीका नजिकका नातेदार हुन् । बेलौरी नगरपालिकाले चौधरीको पसलबाट कम्प्युटर सम्बन्धि समान खरिद र मर्मत सम्भार गर्दै आएको छ ।

dirghayi clinic

समान खरिद गर्दै आएको पसलका सञ्चालक करार कर्मचारीमा नियुक्त भएर परिचय पत्र बाहिर आएपछि मेयर चौधरी चौतर्फी निशानामा परेका छन् ।

मेयर चौधरी माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य छन् । माओवादी केन्द्रको बेलौरी नगर कमिटीले पार्टी नीति र अनुशासन विपरितका गतिविधि क्षम्य नहुने स्पष्ट पारेको छ ।

बेलौरी नगरपालिकाले चौधरी दम्पत्तिको परिचय पत्र बाहिर आएपछि उनीहरु आफ्नो कर्मचारी नभएको भन्दै बचाउ गर्दै आएको छ । नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत झपिराज ओझाले विज्ञप्ति माफर्त नभएको सार्वजनिक गरेका थिए ।

उनीहरु दुबैको परिचय सामाजिक सञ्जालबाट बाहिरिएपछि मात्रै करार कर्मचारी भएको खुलेको थियो । उनीहरुको नाममा दुई वर्षदेखि तलब सुविधा गएको पाइएको छ ।

सार्वजनिक परिचय पत्रमा राज कुमार चौधरी र रिता चौधरीलाई कम्युटर प्रावधिक पदमा राखिएको उल्लेख गरिएको छ ।

उनीहरुको ििरचय पत्रमा दुबैको नाम, पद ,नम्बर र ब्लड ग्रुप समेटिएको छ । जसमा प्रमुुख प्रशासकिय अधिकृतको हस्ताक्षर रहेको छ । तर नाम भने खुलाइएको छैन ।

दुबैको परिचय पत्र भने फरक खालको छ । रिताको अंग्रेजीमा लेखिएको छ भने राजको नेपालीमा लेखिएको छ ।

चौधरी दम्पत्तिले आफूहरु नगरपालिकाको कर्मचारी नभएको तथा कम्प्यटरबाट नक्कली कार्ड बनाएर मदिरा सेवन गरी फेसबुकमा हालिएको बताएका थिए ।

Himal dental
सम्बन्धित
Loading...