ghar sansar

बैतडीको देहीमाडौंस्थित निङ्गलाशैनी जात्रामा पहिलो दिनै उर्लियो दर्शनार्थीको भीड

जात्रा शान्तिपूर्ण बनाउन दुई दिन मदिरा बेचबिखन बन्द, सोमबार साँझ मन्दिरमा बाँधिए अढाई सय बढी राँगा

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौस्थित निङ्गलाशैनी भगवती मन्दिरमा सुरु जात्रालाई मध्यनजर गरी मदिरा बेचबिखन बन्द गरिएको छ । दुई दिनसम्म चल्ने जात्रालाई शान्तिपूर्ण बनाउन सोमबार र मंगलबार दुई दिन मदिरा बेचबिखन बन्द गरिएको छ ।

दशथर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सूर्य बोहराले जात्रालाई शान्तिपूर्ण, मर्यापदत र व्यवस्थित बनाउन मदिरा कारोबार बन्द गरिएको जानकारी दिए । ‘मेला अशान्ति हुन सक्छ भनेर व्यवसायीसित आग्रह गरी मदिरा बेचबखिन बन्द गरिएको छ’ वडा अध्यक्ष बोहराले भने ।

,orning glory badhai

जात्रामा यस वर्ष पहिलो दिन नै दर्शनार्थीको भीडभाड देखिएको अध्यक्ष बोहराले बताए । विगत वर्षमा दोस्रो दिन अर्थात अष्ठमीका दिन दर्शठूलो भीड हुने गरेको थियो । पहिलो दिनलाई नानी र दोस्रो दिन ठूली जाँत भन्ने गरिन्छ ।

नानी जाँतका दिन मन्दिरमा निङ्गलाशैनी भगवति मातालाई बलि दिन राँगा बाँध्ने गरिन्छ । वडा अध्यक्ष बोहराका सोमबार साँझसम्म अढाई सय बढी राँथा मन्दिरमा बाँधिएका छन् । भोलि काट्न अघिसम्म यो संख्या बढ्ने र यस वर्ष धेरै राँगाको बलि हुने बोहराले बताए ।

‘यस वर्ष आज नानी जाँतका दिन नै मेलामा ठूलो भीडभाड छ, अरु वर्ष यतिका मान्छे राँगा काँट्ने दिन मात्रै हुन्थे’ उनले भने,‘भोलिसम्म त निकै ठूलो भीड हुने देखिन्छ ।’ 

dirghayi clinic

वडा कार्यालय, निङ्गलाशैनी भगवती धार्मिक सेवा समिति, सुरक्षा निकाय मेला सुरक्षाका लागि लागेका छन् । जात्रामा बालबालिकादेखि वृद्धवृद्धासम्म सबै सहभागी हुने गर्छन् । जात्रामा महिला र पुरुषले देउडा खेल्ने गर्छन् । देहीमाडौं बजारको खेल मैदानमा रातभरि देउडा खेल्ने गरिन्छ । 

मेलामा तराई, काठमाडांै सहित स्वदेश र विदेशमा फर्केर मान्छेहरु मेला भर्न पुगेका छन् । भारतका विभिन्न सहरबाट व्यवसायीहरु यस वर्ष पनि व्यापार गर्न आएका छन् । भारतीय मिठाई कारोबारका लागि मेलामा आउने गरेका छन् ।

वडा अध्यक्ष बोहराले भारतबाट आएका सहित मेलामा अस्थायी कारोबारका लागि आएका सबैको व्यवस्थापन गरिएको बताए ।

मन्दिरमा सप्तमीका दिन रांगा बाँध्ने र अष्टमीका दिन बलि दिने चलन परापूर्वकालदेखि चल्दै आएको समितिका अध्यक्ष मान बहादुर बोहराले बताए । मन्दिरमा हरेक बर्षको आश्विन शुक्ल अष्टमी र चैत्राष्टमीमा बलि सहित पूजाआजा हुने गरेको छ । निङ्गलाशैनी माता दर्शनका लागि यस वर्ष पनि टाढा टाढाबाट दर्शनार्थी आएका छन् ।

निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास गरिन्छ ।

चैत्राष्टमीको अवसरमा बैतडीका अन्य शक्ति पीठहरुमा पनि बलि सहित पूजाआजा हुने गरेको छ । त्रिपुरासुन्दरी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, डिलाशैनी भगवती मन्दिर लगायतका शक्तिपीठहरुमा बलि सहित पूजाआजा हुने गरेको स्थानीयहरुले बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...