ghar sansar

मन्त्र अस्पतालमा स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा. सोनी शेर्पा र बालरोग विशेषज्ञ डा. मनीष साहद्वारा पूर्णकालीन सेवा सुरु

little buddha academy
khasi

महेन्द्रनगर । मन्त्र अस्पतालले स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गरेको छ । अबदेखि अस्पतालमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. सोनी शेर्पा र बालरोग विशेषज्ञ डा. मनीष साह पूर्णकालीन रूपमा आफ्नो सेवा प्रदान गर्ने भएका छन्।

👩‍⚕️ डा. सोनी शेर्पा – स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. शेर्पाले आफ्नो चिकित्सकीय शिक्षा मणिपाल मेडिकल कलेजबाट पूरा गर्नुभएको हो र यसअघि, काठमाडौँ को विभिन्न अस्पताल मा कार्यरत रहँदै महिलाहरूको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो।

,orning glory badhai

मन्त्र अस्पतालका अनुसार डा. शेर्पाको अनुभव, निष्ठा र रोगीमैत्री व्यवहारले महिला स्वास्थ्य सेवामा नयाँ स्तर ल्याउने अपेक्षा गरिएको छ। उहाँले निम्न सेवा प्रदान गर्नुहुनेछः महिला स्वास्थ्य सम्बन्धी नियमित जाँच गर्भावस्था व्यवस्थापन र सुरक्षित प्रसूति बाँझोपन सम्बन्धी उपचार विभिन्न स्त्रीरोगहरूको उच्चस्तरीय उपचार सेवा डा. शेर्पाको आगमनले अस्पतालमा महिला स्वास्थ्य सेवा अझ सशक्त, विश्वसनीय र सहज हुने विश्वास अस्पताल प्रशासनले व्यक्त गरेको छ।

dirghayi clinic

👨‍⚕️ डा. मनीष साह – बालरोग विशेषज्ञ (Pediatrician) डा. मनीष साहले आफ्नो चिकित्सकीय शिक्षा मणिपाल मेडिकल कलेजबाट पूरा गर्नुभएको हो र पछिल्लो समय उहाँ नेपाल मेडिकल कलेज, काठमाडौँमा कार्यरत रहनुभएको थियो। डा. साहले नवजात शिशुदेखि बालबालिका र किशोरहरूमा देखिने सबै प्रकारका रोगहरूको निदान तथा उपचारमा विशेष दक्षता हासिल गर्नुभएको छ। उहाँले निम्न सेवा प्रदान गर्नुहुनेछः नवजात शिशु र बालबालिकाका सबै प्रकारका रोगहरूको उपचार कुपोषण (Malnutrition) सम्बन्धी अवस्था व्यवस्थापन बिरामी बच्चा, रुन नछोड्ने (crying baby) वा कमजोर बच्चाको मूल्यांकन र उपचार नियमित स्वास्थ्य जाँच तथा वृद्धि–विकास निगरानी यससँगै अस्पतालले बालबालिकाको अत्यावश्यक उपचारका लागि निम्न विशेष सेवा सुविधा उपलब्ध गराएको छः NICU (Neonatal Intensive Care Unit) PICU (Pediatric Intensive Care Unit) Phototherapy (पीलिया उपचार सेवा) डा. साहको अनुभव र प्रतिबद्धताले अस्पतालको बाल स्वास्थ्य सेवा अझ गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउने विश्वास गरिएको छ।

 स्थान: मन्त्र अस्पताल 🏥 सेवा विभागहरू: स्त्रीरोग तथा प्रसूति (Gynecology & Obstetrics) बालरोग (Pediatrics) 🕒 सेवा समय: बिहान ९:०० बजेदेखि साँझ ६:०० बजेसम्म (पूर्णकालीन) 👩‍⚕️ स्त्रीरोग विशेषज्ञ: डा. सोनी शेर्पा

 बालरोग विशेषज्ञ: डा. मनीष साह

एडभर्टोरियल

Himal dental
सम्बन्धित
Loading...