

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ८ स्थित जनज्योति माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा ओम प्रकाश रोकाया दोहोरिएका छन् ।
समितिका सदस्यहरुको भेलाबाट रोकाया दोस्रो कार्यकाल सर्वसम्मत अध्यक्ष चयन भएका छन् । विद्यालयका अभिभावकहरुको भेलाबाट समितिका सदस्यहरु चयन भएपछि अध्यक्ष चयनका लागि सदस्यको भेला गरिएको थियो ।


रोकायाको पहिलो कार्यकालमा विद्यालयले शैक्षिक र भौतिक दुबै क्षेत्रमा अनपेक्षित उपलब्धि हासिल गरेको छ । जनज्योति मावि दोधारा चाँदनी नगर क्षेत्रमा नमूना विद्यालय घोषणा भएको छ । नमूना विद्यालय घोषणापछि नगद तीन लाख पुरस्कार पाएको थियो ।
रोकाया दोधारा चाँदनी नगरपालिका ८ का वडा अध्यक्ष पनि हुन् । २०७४ मा पहिलो पटक वडा अध्यक्ष भएका उनी २०७९ मा फेरि दोहोरिएका हुन् ।
व्यवस्थापन समिति अध्यक्ष रोकायाले शैक्षक भौतिक विकासलाई समितिले प्राथमिता दिने बताए ।

