ghar sansar

कञ्चनपुर ३ मा एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा ८१६ मत खस्यो, थालियो मत गणना तयारी

little buddha academy
khasi

महेन्द्रनगर । एमाले महाधिवेशन प्रतिनिधि चयनका लागि कञ्चनपुर क्षेत्र नं. ३ को मतदानमा ८१६ मत खसेको छ । शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मतदान भएको हो ।

एमाले पार्टी कार्यालयमा मतदानपछि मत गणनाको तयारी सुरु गरिएको छ । प्रमुख निर्वाचन अधिकृत अर्जुन कार्कीले मत गणना तयारीका लागि छलफल थालिएको बताए ।

,orning glory badhai

कन्चनपुर ३ बाट ४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने छ्न । उनीहरूमध्ये महिलामा चिनी गिरी निर्विरोध भएकाले ३ जनाका लागि ७ जना चुनावी प्रतिस्पर्धामा छ्न ।

dirghayi clinic

खुलामा २ जनाका लागि ४ र युवामा १ जनाका लागि ३ जना उम्मेदवार छ्न । खुलामा एमाले पूर्व साङ्सद डा. दिपक प्रसाद भट्ट, महेश पन्त, जनकराज अवस्थी र बिष्णु कडेल उम्मेदवार छ्न ।

युवामा ओम बस्नेत, नरेन्द्र कार्की र केशब चन्द उम्मेदवार छ्न । महाधिवेशन प्रतिनिधिका लागि बुधबार उम्मेदवारी दर्ता गरिएको थियो । निर्वाचनका लागि एमाले पार्टी कार्यालयमा तीन बुथ राखिएका छ्न ।

प्रमुख निर्वाचन अधिकृत कार्कीका अनुसार बुथ न. ३ मा भीमदत्त नगरपालिकाका वडा न. १ देखि ८ र बेदकोट नगरपालिकाको ८ न. वडा, बुथ न. २ मा भीमदत्तका ९ देखि १७ र बुथ १ मा दोधारा चादनी र भीमदत्त १८ देखि १९ नम्बर वडाका मतदातालाई मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

   

Himal dental
सम्बन्धित
Loading...