

महेन्द्रनगर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा विद्यार्थीहरुका लागि चित्रकला प्रतियोगिता गरिएको छ ।
भीमदत्त नगरपालिकाको समन्वयमा संजिविनी नेपालले नगरपालिका कार्यालयमा जलवायु परिवर्तन र लैङ्गिक हिंसा सम्बन्धि चित्रकला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा भीमदत्त नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका १९ विद्यार्थीले भाग लिएका छन् ।



प्रतिस्पर्धी विद्यार्थीको चित्रकला मूल्याङ्कन गरी प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थानका लागि छनौट गरिने र उनीहरुलाई लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनमा पुरस्कार प्रदान गरिने आयोजक संजिविनी नेपालका महासचिव शिला रैकाले जानकारी दिइन् ।

चित्रकला प्रतियोगितामा संजिविनी नेपालका कार्यकारी निर्देशक नितु भट्ट सहित भीमदत्त नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखाका कलावति मिश्र भट्ट लगायतका विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षक सहभागी भए ।
संजिविनी नेपालले डीसीए नेपालको सहयोगमा सञ्चालन गरेको वर्थ परियोजना अन्र्तगत प्रतियोगिता गरिएको छ ।

