ghar sansar

प्राविधिक कलेज बनाउने भन्दै कृष्णपुरको गौरीघाट सामुदायिक वनमा दुई घण्टामै काटिएका थिए १६५ रुख, लगत्तै लगिएको थियो ट्रकमा लोड गरी

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिका ७ स्थित गौरीघाट सामुदायिक वनबाट क्षेत्रबाट अवैध रुपमा काटिएका रुख ट्रकमा लोड गरी लगिएको खुलासा भएको छ । केही दिन अघि वन क्षेत्रबाट डेढ सय बढी रुख कटान गरिएको थियो ।

अहिले डिजिभन वन कार्यालय कञ्चनपुरले सब डिभिजन वाणीका प्रमुख भरत शाहलाई अनुसन्धान अधिकृत तोकेर वन फँडानी अनुसन्धान अघि बढाएको छ । डिभिजन प्रमुख सुरेशचन्द्र डिसीले कृष्णपुर मेयर हेमराज ओझा, ७ नम्बर वडा अध्यक्ष घुम्मन राना र सामुदायिक वन समूहका अध्यक्ष कुमारी बोहरालाई कार्यालयमा बोलाएर वन फाँडानी सम्बन्धि जानकारी लिएका छन् ।

,orning glory badhai

वन फँडानी सम्बन्धि समाचार संकलनका लागि स्थलगत अध्ययन गर्न सामुदायिक वनमा पुगेका पत्रकारहरुलाई स्थानीयले काटिएका रुख ट्रकमा लोड गरी लगिएको जानकारी दिएका हुन् ।

स्थानीयका अनुसार ती सबै रुख दुई घण्टामा धमाधम काटिएको थियो । काटिएपछि जेसिीभीले ट्रक लोड गरी लगिएको स्थानीय बताउँछन् । रुख काटिएपछि जेसिजीले जरा उखेलिएको थियो । जरा उखेलिएको ठाउँमा अहिले पनि खाल्डा छन् ।

वन क्षेत्र फँडानी गरिएको जानकारी आएपछि प्रारम्भिक निरीक्षणमा खयर र सिसौ सहित विभिन्न प्रजातिका १ सय ३९ रुख काटिएको पाइएको थियो । डिभिजन वन र सव डिभिजनले अनुसन्धान सुरु गरेपछि काटिएको रुखको संख्या बढेर एक सय ६५पुगेको छ ।

काटिएका रुखमध्ये ७० प्रतिशत रुख गायब छन् । केही रुख भने स्थानीय आफैंले लिएका छन् । स्थानीय सहितले रुख कटान गरेका थिए ।

डिभिजन प्रमुख डिसीले वन फँडानीको अनुसन्धान थालिएकाले संलग्न सबैलाई कानुनी दायरामा ल्याइने बताए । ‘त्यहाँ योजनाबद्ध रुपमा नै वन फँडानी गरिएको जस्तो देखिन्छ, त्यहाँ फँडानी गरी बजार बसाउने योजना जस्तो देखिन्छ’ उनले भने, ‘जे सुकै होस यो कानुन विपरित हो, यसको अनुसन्धान गरि रहेका छौं, संलग्न कसैलाई पनि छाड्दैनौ ।’

डिभिजन प्रमुख डिसीले केही दिन कार्यालय बोलाएर मेयर ओझा र समूहका अध्यक्ष बोहरालाई कानुनी कारवाही हुने जानकारी दिई सकेका छन् ।

dirghayi clinic

उनीहरु दुबैले डिसीलाई सामुदायिक वन निष्क्रिय भएको दाबी गरे । डिसीले वन समूह निष्क्रिय भए राष्ट्रिय वनको नियम अनुसार मुद्दा लगाएर कारवाही अघि बढाउने जानकारी दिए ।

‘वहाँ दुबै जनाको जोड वन समूह निष्क्रिय छ भन्ने थियो, जे भए पनि अवैध काम भएको छ, समूह छ भने त्यस अनुसार मुद्दा हुन्छ, समूह छैन भने राष्ट्रिय वन हुन्छ, त्यस अनुसार कारवाही हुन्छ भनेर मैले भनि सकेको छु’ उनले भने ।

कृष्णपुर नगरपालिकाले वन फँडानी क्षेत्र नजिक मैदानमा बहुप्राविधिक शिक्षालय बनाउने प्रक्रिया थालेपछि वन फँडानी गरिएको हो । प्राविधिक शिक्षालयका लागि वन फँडानी गरिएको खुलेपछि मेयर ओझा विवादमा तानिएका छन् ।

गत मङ्सिर ११ गते बिहीबार दिउँसो २ देखि ४ बजे दुई घण्टामा सबै रुख काटिएका थिए । काटिएकामध्ये १ सय १६ खैर, २२ सिसम लगायतका छन् । ती रुख काट्न कार्की टोलका ६० देखि ७० जना स्थानीय सहभागी भएको स्थानीय बताउँछन् ।

डिभिजन प्रमुख डिसीले प्राविधिक शिक्षा अध्ययनका लागि कलेज खोल्न आवश्यक रुखहरू कटान गर्नुपर्ने भएपछि जन प्रतिनिधिको आदेशमा ती रुखहरू काटिएको सूचना आएको डिसीले बताए ।

‘रुख काटन आदेश दिने व्यक्तिको अनौपचारिक रुपमा जानकारी आइ सकेको छ, प्रमाण जुटाउने कार्य भइ रहेको छ’ उनले भने,‘अहिले सोधपुछ भइरहेको छ, वास्तविकता बाहिर ल्याउँछौ ।’

बहुप्राविधिक शिक्षालय भवन निर्माणका लागि यस अघि मंसिर १ गते कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा, वडा नम्बर ७ का अध्यक्ष घुम्मन राना सँग कोरियाली संस्थाका प्रतिनिधिहरुले गौरीघाट वन क्षेत्रमा स्थलगत अनुगमन गरेको बुझ्नमा आएको उनले बताए ।

रुख कटान गरिएपछि डिभिजन वन कार्यालयका प्रमुख डिसीको नेतृत्वको टोली उक्त क्षेत्रमा स्थलगत निरीक्षण गरेको थियो ।

निरीक्षणका क्रममा सामुदायिक वनका पदाधिकारीलाई समेत कुनै जानकारी नदिई अवैध तरिएकाले अराजक समूहले रुख कटान गर्न लगाएको खुल्नमा आएको डिभिजन वन प्रमुख डिसीले बताए ।

Himal dental
सम्बन्धित
Loading...