

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका सामुदायिक बिधालयका खेल शिक्षकहरुका लागि दुई दिने तालिम सुरु भएको छ । नगर सभा कक्षामा आइतबार भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले तालिम उद्घाटन गरे ।
भीमदत्त नगर खेलकुद समितिले तालिम आयोजना गरेको हो । तालिममा भीमदत्तका सबै सामुदायिक बिधालयका ७० जना खेल शिक्षक सहभागी भएका छन् ।



नगर खेलकूद समितिका अध्यक्ष शरद चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा समितिका सदस्य सचिव भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख हरि दत्त जोशी लगायत सहभागी भएका छन् ।
नगर खेलकूद विकास समितिका अध्यक्ष चन्दले भलिबल, एथ्लेटिक्स, कराँते, कबड्डी लगायतका खेलबारे प्रशिक्षण दिइने बताए ।

