ghar sansar

पेशागत बीमा अभिकर्ता संघ नेपाल कञ्चनपुरको पाँचौ अधिवेशनबाट दर्शन शुक्र विष्ट अध्यक्ष चयन

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल लाइफ इन्स्यारेन्स नेपाल आवद्ध अभिकर्ताहरुको पेशागत बीमा अभिकर्ता संघ नेपाल कञ्चनपुरको पाँचौ अधिवेशनबाट दर्शन शुक्र विष्ट अध्यक्ष चयन भएका छन् ।

नेपाल लाइफ इन्स्यारेन्स नेपालको महेन्द्रनगर शाखाको सभा कक्षमा शनिबार सम्पन्न पाँचौ अधिवेशनबाट विष्टको अध्यक्षतामा सर्वसम्मति समिति चयन गरिएको छ ।

,orning glory badhai

समितिको उपाध्यक्षमा सन्जु कुमारी रावल, सचिव दिपकराज जोशी, सह सचिव नानेश्वरी कुमारी सिंह, कोषाध्यक्षमा सविता चन्द शाह र सदस्यहरुमा शंकर सिह रावल, सरस्वती कुमारी धामी,जगदीश सेठी, संगिता भट्ट, पदमराज कलौनी र हर्क बहादुर चन्द चयन भएका छन् ।

पेशागत बीमा अभिकर्ता संघ नेपालका सुदूरपश्चिम इन्चार्ज महेशदत्त भट्टले अधिवेशन उद्घाटन गरे ।

dirghayi clinic

सुदूरपश्चिम इन्चार्ज भट्टले नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुलाई निश्चित कम्पनी बाहेक बाहिर कारोबार गर्न नदिएर अंकुश लगाउने कार्य गरेको बताए ।

‘बीमा प्राधिकरणले हामीमाथि अंकुश लगाउने कार्य गरेको छ, हामीलाई एकै कम्पनीमा सीमित पार्ने कार्य भएको छ, हामीले बीमाका लागि काम गर्ने भनेको प्रोडक्ट निकाल्ने त हो नि, जसरी बजारमा ग्राहकले नयाँ नयाँ प्रोडक्ट मन पराउँछन्, हामीले पनि त्यहीं अनुसार दिने हो’ उनले भने,‘अहिले प्राधिकरणले अब यसमा अंकुश लगाउनु खोजेको छ ।’

प्राधिकरणले अभिकर्ताका लागि तोकेको शैक्षिक योग्यताका कारण वर्षौदेखि बीमा गर्दै आएको अभिकर्ताको अनुभव अर्थहिन भएको बताए ।

प्राधिकरणले अभिकर्ताका लागि हाल १२ कक्षा उत्तीर्ण योग्यता राखेको छ । यस अघि १० कक्षा योग्यता राखिएको थियो ।
भट्टले बीमा अभिकर्ताको योगदानलाई राज्यले उपेक्षा गरेको गुनासो पोखे ।

संघका निवर्तमान अध्यक्ष विष्ण्ुा नाथको अध्यक्षतामा गरिएको कार्यक्रममा देबप्रसाद जोशी, नेपाल लाइफ इन्स्यारेन्स कम्पनीका सुदूरपश्चिम कार्यालय प्रमुख दिपक भट्ट लगायतले शुभकामना मन्तव्य दिए ।

Himal dental
सम्बन्धित
Loading...