ghar sansar

मायाजालमा पारी दलालले युवतीलाई यसरी बेच्छन् भारतीय कोठीमा

little buddha academy
khasi

भुवन भट्ट
महेन्द्रनगर । गत भदौ १३ गते दिउँसो १५ वर्षीय एक किशोरीले विवाहित दिदीलाई फोन गर्नका लागि मोबाइलमा नम्बर डायल गरिन् । नम्बरको अन्तिम अङ्क गलत डायल भयो, त्यस कारणले नम्बर एक जना पुरुषको नम्बरमा पुग्यो । पुरुषले फोन उठाए पनि किशोरीले फोन गरिन् ।

dirghayi clinic

त्यो पुरुष बाजुराका ३२ वर्षीय केशव बोहोरा । त्यसपछि बोहराले ती किशोरीलाई नियमित फोन गर्न थाल्नुभयो । दुवै जनाले एक अर्कासँग दुखसुखको कुरा गर्न थाले । उनीहरु आपसमा घुलमिल हुनु भयो । माइती नेपाल आवधिक गृह, कञ्चनपुरका संयोजक महेश्वरी भट्टका अनुसार फोन संवादका क्रममा किशोरीले आमा बितेपछि दोस्रो आमाले पालनपोषण गर्दै आएको र पारिवारिक रूपमा पनि केही तनाव महसुस गर्ने गरेका समस्या बोहोरालाई सुनाउनुभएको रहेको छ ।

,orning glory badhai

सोही क्रममा केही दिन बोहोराले किशोरीलाई भेट्नका लागि आग्रह गर्नुभयो । भेट्न आउनका लागि बोहोराले किशोरीको ई–सेवा खातामा गाडी भाडाका लागि रकमसमेत पठाउनुभएको थियो । सुरुमा किशोरीलाई मार्तडीमा भेट्नका लागि आउन भन्नुभएको थियो । कोशोरी हिँडेपछि आफू मार्तडी नभई केही कामले कैलालीको अत्तरियामा रहेकाले त्यतै आउनुभन्नुभएको थियो । गत भदौ २१ गते किशोरी बस चढेर अत्तरिया पुग्नुभयो ।

माइती नेपालका संयोजक भट्टका अनुसार अत्तरिया पुगेपछि उहाँहरू स्थानीय होटेलमा खानपिन गर्नुभयो । पछि त्यही होटेलमा शारीरिक राखे । त्यसपछि बोहोराले किशोरीलाई भारत जान राजी गराए । किशोरी आफ्नो घर फर्किन खोजेकी थिइन् । बोहोराले विभिन्न प्रलोभन तथा धाकधम्की दिएर भारत जानका लागि राजी गराए । तर गड्डाचौकीमा माइती नेपालले स्थापना गरेको सूचना परामर्श केन्द्रलाई शङ्का लागेपछि सोधपुछ गरिएपछि बोहोरा किशोरीसहित पक्राउ परेपछि बोहोरालाई जबरजस्ती करणी र मानव बेचबिखन ओसारपसारविरुद्ध मुद्दा दर्ता गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक भट्टले बताइन् ।
हाल ती किशोरीलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।
यसै गरी माइती नेपालले गत भदौ १ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–१६, पिपरैयास्थित गोठमा लुकाएको अवस्थामा डडेलधुराको जोगबुडा घर भएका एक १४ वर्षीय किशोरीको उद्धार गरेको छ । भीमदत्त नगरपालिका पिपरैया घर भएका २३ वर्षीय अनिल सुनाहा कात्तिक अन्तिमतिर श्रीमती र एक छोरासँगै ससुराली डडेलधुरास्थित जोगबुडा गइन् ।
जोगबुडामा सुनाहाले एक १४ वर्षीय छिमेकी साली नाता पर्ने किशोरीलाई माया जालमा पारेर घुम्नका लागि महेन्द्रनगर लिए ।
्किशोरी घरबाट हराएपछि प्रहरी र माइती नेपालमा खोजी गर्दा लुकाइएको अवस्थामा फेला परेको थियो । सुनाहामाथि जबरजस्ती करणीको मुद्दा दायर गरिएको माइती नेपालले जनाएको छ । यसै गरी माइती नेपाल आवधिक गृह, कञ्चनपुरले गत वर्षको कात्तिक महिनामा काठमाडौँबाट बेचबिखन गरेर भारतको न्यू मुम्बईस्थित कोठीबाट एक १४ वर्षीय किशोरीको उद्धार गरेको छ । ती किशोरीले घरमा मोबाइल फोन नकिनिदिएको रिसमा आफैँ काम गरेर मोबाइल किन्नका लागि काम खोज्न सँगै पढ्ने साथीसँग आग्रह गरे ।
संयोगवश ती साथीका काका नै दलालको काम गर्दे आएका रहे छन् । साथीले काकालाई भेटाएपछि ती किशोरीलाई भारतमा राम्रो जागिर लगाइने प्रलोभनमा दोस्रो दिन नै भारतस्थित दिल्ली पु¥याउनुभएको थियो । दिल्लीमा कोठीमा ती किशोरीलाई बेचेर साथीका काका काठमाडौँ फर्किए । पछि माइती नेपालले ती युवतीलाई भारतको पुनाबाट उद्धार गरेको थियो । यसरी माइती नेपालले बेचबिखनमा परेका बालबालिका तथा महिलाहरूको उद्धार गर्दै उनीहरूलाई परिवारसँग पुनर्मिलन गराउँदै आएको छ । शनिबार महेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजन गर्दै पछिल्लो एक वर्षको अवधिमा माइती नेपाल आवधिक गृह कञ्चनपुरले भारतमा बेचिएका आठ जना बालिका तथा दुई जना महिला गरेर १० जनाको उद्धार गरेको जनाइएको हो ।

Himal dental
सम्बन्धित
Loading...