ghar sansar

भीमदत्तको राष्ट्रपति रनिङ्ग शिल्डको सचिवालयमा प्रहरी पहरा, सोधपुछ गरेर मात्रै भित्र प्रवेश

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सचिवालय सुरक्षा पहरा लगाएर बस्नु पर्ने अवस्थामा पुगेको छ ।

उसु खेलका विजेताका पदक गणना नहुने भन्दै सामाजिक सञ्जाल फेसबुकबाट निर्णय सार्वजनिक गरेपछि विवादित बनेको सचिवालयमा शनिबार विद्यार्थीहरु तालाबन्दी गर्न गएपछि बाहिर प्रहरी तैनाथ गरिएको छ ।

,orning glory badhai

बैजनाथ माध्यमिक विद्यालयका विद्यार्थीहरुले शनिबार दिउँसो सचिवालयमा तालाबन्दी गर्ने खोजेपछि प्रहरी परिचालन गरी रोकिएको थियो । त्यसपछि सचिवालय सुरक्षाका लागि कार्यालय बाहिर प्रहरी तैनाथ गरिएका छन् ।

सचिवालय बाहिर बसेका प्रहरीले अनुमति विना भित्र जान रोक लगाएको छ । बाहिर प्रहरी तैनाथ गरी भित्र सचिवालयमा कामकाज भई रहेको छ ।

सचिवालय बाहिर तैनाथ प्र्रहरीले आफूहरु वडा प्रहरी कार्यालयका इन्चार्ज दर्शन खड्काको निर्देशनमा सुरक्षाका लागि बाहिर बसेको बताए ।

उनीहरुले वडा इन्चार्ज खड्काले सोधपुछ नगरी कसैलाई पनि भित्र प्रवेश गर्न नदिने निर्देशन दिएको बताए ।

सचिवालय सुरक्षामा जिल्ला प्रहरी, वडा प्रहरी र दंगा नियन्त्रण गणका प्रहरी तैनाथ गरिएका छन् ।

शनिबार विद्यार्थीले प्रदर्शन गरी तालाबन्दी गर्न खोजेपछि कबर्ड हलमा व्यापक सुरक्षा परिचालन गरिएको छ ।
बैजनाथ माध्यमिक विद्यालयले उसु खेलमा विद्यार्थीले जितेका पदक गणना हुनु पर्ने माग राखेर शुक्रबार सचिवालयलाई सचेत गराएको थियो ।

dirghayi clinic

प्रतियोगितामा बैजनाथ माविले उसुमा ९ स्वर्ण सहित १० पदक जितेको थियो । तीमध्ये दुई पदक मात्रै गणना हुने भन्दै सचिवालयले फेसबुकबाट निर्णय सार्वजनिक गरेको विवाद बढेको थियो ।

विवाद बढेपछि शुक्रबार राष्ट्रिय खेलकूद परिषद्सित सुझाव मागिएको थियो । परिषद्ले मार्शल आर्टस खेलमा प्रतिस्पर्धा गराउन सम्भव नभएमा खेलाडी सिफारिश गराउने सकिने आशय सहित सुझाव दिएको पत्र पठाएको थियो ।

परिषद्को पत्र आएपछि प्रतियोगिता निर्णायक समितिले पदक गणना नहुने बताएपछि विद्यार्थीहरु आक्रोशित भएर सचिवालय पुगेका हुन् ।

बैजनाथ माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघ (पीटिए) का अध्यक्ष नवराज भट्टले परिषद्ले पनि प्रतिस्पर्धा सम्भव नभएको खण्डमा मात्रै पदक गणना नहुने भनेर पठाएको पत्रलाई समेत वेवास्ता गरिएको बताए ।

‘त्यो पत्रमा स्पष्ट रुपमा प्रतिस्पर्धा गराउन सम्भव नभएको खण्डमा भनिएको छ, यहाँ प्रतिस्पर्धा भएको छ, खेलाडीले खेलेका छन्, खेलाडीलाई पदक दिन्छौ भनेका छन्, तर विद्यालयको खातामा गणना नहुने भन्ने कुरा यो कस्तो हो’ उनले भने,‘यो जानाजान विद्यालयसित रिसिइबी साँध्न गर्न खोजिएको हो जस्तो लागेको छ ।’

बैजनाथलाई उसुका गणना हुन नदिने पक्षमा प्रतियोगिताको सचिवालय सुरुदेखि लागेको थियो । सचिवालयमा नतिजा आएर पदक गणना तालिकामा समावेश नगर्दै फेसबुकमा लेख्दै निर्णय सार्वजनिक गरिएको थियो ।

गत वर्ष पनि उसुका पदक विवादमा परेका थिए । उसुका पदक सहित बैजनाथ माविले सबैभन्दा बढी पदक जितेर शिल्ड हात पारेको थियो ।

सिद्धनाथ अमर माध्यमिक विद्यालयले बैजनाथका खेलाडीलाई प्रतिस्पर्धा नगरी पदक दिइएको भन्दै समापन कार्यक्रममा विरोध गर्दै बहिस्कार गरेको थियो ।

भीमदत्त नगरपालिकाले दुबै विद्यालयसित पटक पटक छलफल गरी ६ महिनापछि बैजनाथबाट शिल्ड खोसेर सिद्धनाथ अमर माविलाई दिएको थियो ।

यस वर्ष प्रतियोगितामा ६ विद्यालयले भाग लिँदा समेत विवाद गरिएको हो । बैजनाथले पदक गणना नभए प्रतियोगिता बहिस्कार गर्ने चेतावनी दिएको छ।

 

Himal dental
सम्बन्धित
Loading...