ghar sansar

कञ्चनपुर उद्योग बाणिज्य संघमा कोषाध्यक्ष सिद्धराजको अग्रता कायमै, सदस्यमा भट्ट र भण्डारीको सबैभन्दा बढी मत

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघको १८ र्आै कार्यकारिणी समिति निर्वाचनमा कोषाध्यक्षमा सिद्धराज भट्टले अग्रतालाई निरन्तरता दिएका छन् ।

भट्टले सुरुदेखि अग्रता लिएका हुन् । हालसम्म गणना भएको १ हजार मतमा भट्टले ५ सय ४१ र प्रतिद्वन्द्वी प्रदिप पालले ४ सय ३ मत ल्याएका छन् ।

,orning glory badhai
dirghayi clinic

कोषाध्यक्षमा भट्ट र पाल दुई जना प्रतिस्पर्धी हुन् । संघको पदाधिकारीमा कोषाध्यक्षमा मात्रै चुनाव भएको हो ।

यसैगरी सदस्यमा जगदीशचन्द्र भट्ट सबैभन्दा बढी ६ सय ६५ मत ल्याएर अगाडि छन् । भट्टपछि सरिता भण्डारीले ६ सय ३७ मत ल्याएकी छन् । भण्डारी संघकी एक्ली महिला उम्मेदवार हुन् । संघको ७ सदस्यका लागि १३ जना प्रतिस्पर्धी छन् ।

Himal dental
सम्बन्धित
Loading...