

महेन्द्रनगर । अधिकारकर्मी सीता बोहरा र मन्जु शाहीले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामीलाई उपचार खर्च सहयोग गरेको छ ।

गैर सरकारी संस्था महासंघ कञ्चनपुुरको २४ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन उद्घाटन समारोहमा दुबैले एक÷एक हजार नगद सहयोग गरेका छन् ।

महासंघले संस्थागत रुपमा धामीलाई ७३ हजार ९ सय रुपैँया सहयोग गरेपछि कार्यक्रममा सहभागी बोहरा र शाही दुबैले व्यक्तिगत रुपमा नगद सहयोग गरेका छन् ।
बोहरा र शाही गैर सरकारी संस्था महासंघका साधारण सदस्य हुन् ।

