ghar sansar

गैर सरकारी संस्था महासंघ कञ्चनपुरको अध्यक्षमा अमिर तिरुवा

little buddha academy
khasi

महेन्द्रनगर । गैर सरकारी संस्था महासंघ कञ्चनपुरको २४ औं साधारण सभा तथा १२ औं अधिवेशनबाट अमिर तिरुवा

महेन्द्रनगर । गैर सरकारी संस्था महासंघ कञ्चनपुरको २४ औ साधारण सभा तथा १२ औ अधिबेशनबाट अमिर तिरुवा अध्यक्षमा सर्वसम्मत भएका छन् ।

,orning glory badhai
dirghayi clinic

महासंघ उपाध्यक्षमा अञ्जु जोशी भट्ट, सचिव शारदा जोशी, सह सचिव अम्बादत्त जोशी,कोषाध्यक्ष नारु सिह र सदस्यहरुमा सीता बोहरा,जानकी जोशी,दुर्गा बडुवाल,शिला रैका,ईश्वर उपाध्याय,नैन सिह पाल बिनोद बिक्रम जैरु, माया नेगी,लक्ष्मी चन्द चयन भएका छन् । अधिवेशनबाट प्रदेश अधिबेशनमा शिवी लुहारलाई पठाउने निर्णय गरिएको छ ।

्गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहराको अध्यक्षतामा गैसस महासंघ नेपालका केन्द्रिय अध्यक्ष अर्जुन भटराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गैसस महासंघका महासचिव देवी खडका,उपमहासचिव भवराज रेग्मी,किरण थापा,सुप ईन्चार्ज प्रेम महरको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको छ ।कार्यक्रममा पुर्व अध्यक्षहरु लिलाध्वज बस्नेत,कृष्ण सिह देउपा,नितु भट्ट भवराज रेग्मी लाई सम्मान समेत गरको छ ।

आजै बिहान भएको कार्यक्रममा स्थानिय योजना कानुन निर्माण,प्रकृयामा सहभािगता तथा सलग्नता वकालत र दिगो बिकासमा नागरिक समाजको भुमिका बिषयक बहुपक्षिय संवाद कार्यक्रम समेत गरिएको थियो कार्यकममा नागरिक समाजका अगुवा तथा सरकारी गैससका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा गैसस महासंघका उपमहासचिव भवराज रेग्मीले अभिमुखिकरण गरेका थिए । साधारण सभा कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष शुरेस धामी लाई ७३,९०५ आर्थिक सहयोग समेत पत्रकार महासंघ मार्फत गरिएको छ । विभिन्न संघसंस्था मार्फत सहयोग संकलन गरिएको संस्थाका अध्यक्ष अमिर तिरुवाले जानकारी गराएका छन ।

Himal dental
सम्बन्धित
Loading...