

महेन्द्रनगर । निजी तथा आवाशीय विद्यालय संगठन नेपाल(प्याब्सन) कञ्चनपुरले समाज कल्याण बाल अनाथालयका बाल बालिकालाई खाना खुवाएको छ । प्याब्सनको ३५ औं स्थापना दिवसको अवसरमा उनीहरुलाई होटल चेतनमा रात्रिकालिन खाना खुवाएको छ ।
अनाथालयका सबै बालबालिकाले बिहीबारको रातिको खाना चेतनमा खाएका छन् । अनाथालयका २० जना बाल भोजमा सहभागी भएका छन् ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेब प्रसाद भट्टले स्थापना दिवसको अवसरमा बर्सेनी अनाथालयमा कार्यक्रम गर्दै आएकोमा यस वर्ष होटलमा ल्याएर खाना खुवाइएको बताए ।
विगतका वर्षमा बालबालिकालका लागि अनाथालयमा कार्यक्रम आयोजना हुने गरेको थियो । अनाथालयका बालबालिकालाई स्कुलमा बसबाट होटलसम्म पुगाइएको छ ।


बालबालिकालाई खाना खानु अघि औपचारिक कार्यक्रम गरिएको छ । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग सदस्य हिरा चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।
कार्यंक्रमको अध्यक्षतामा प्याब्सन जिल्ला अध्यक्ष महादेब प्रसाद भट्टले गरे ।
कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य अमराज भट्ट, सुदूरपश्चिम वरिष्ठ उपाध्यक्ष शमरजङ्ग बहादुर चन्दले शुभ कामना मन्तव्य राखे ।
प्याब्सन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष राकेश बहादुर चन्दले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव अक्कल बहादुर रोकायाले गरे ।
कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष दिपकराज चालिसे, जिल्ला पदाधिकारी, प्याब्सन भीमदत्त नगर अध्यक्ष उपेन्द्र जोशी, बेदकोट नगर अध्यक्ष हरेन्द्र भाट लगायतका सहभागी भएका छन् ।

