ghar sansar

राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको प्रमुख अथित्यमा शनिवार सहकारीको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मन्त्री सार्कीले सहकारीको आर्थिक विकासमा महत्पूर्ण भूमिका रहेको बताए । प्रदेश सरकारले सहकारीहरूलाई उच्च प्राथमिकता राखेर आवश्यक नीति तथा बजेट विनियोजन गर्ने मन्त्री सार्कीले प्रतिवद्धता जनाए ।

,orning glory badhai

कार्यक्रममा नेपाल निजामति कर्मचारी संघका केन्द्रिय सदस्य प्रताप चन्दले सहकारीमा थुप्रै समस्या देखिएको बताउँदै सहकारीको मुल्य र मान्यता अनुसार सहकारी चलाउन आवश्यक रहेको बताए । साथै, सहकारीको नयाँ भवन निर्माणका लागि उनले मन्त्री सार्की समक्ष आवश्यक ४० लाख रुपैया छुट्याउन आग्रह गरे ।

साधारण सभामा बोल्दै केन्द्रीय लेखा आयोगका सचिव ईश्वरी प्रसाद खरेलले प्रदेश सरकारबाट बजेट हाल्नका लागी कमिसन बुझाउनुपर्ने अवस्था रहेको आरोप लगाउदै प्रदेश सरकार कमिसन मुखी भएकाले विकासमा केन्द्रित हुन उनले आग्रह गरे ।

dirghayi clinic

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरमा २५९ महिला र ५३६ पुरुष गरी ८०४ सेयर सदस्य रहेका छन् ।

सहकारी संस्थाका अध्यक्ष गंगादत्त जोशीका अनुसार, संस्थाको सेयर पुजी रकम पुस १५ गतेसम्म एक करोड तीन लाख २७ हजार चार सय पुगेको छ ।

यसै गरी, यस संस्थाको पुस १५ गतेसम्म २७ लाख ७८ हजार ४८ रुपियाँ बचत रहेको उनले बताए । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष जोशीले संस्थाको जम्मा निक्षेप दुई करोड ६२ लाख २९ हजार ३५७ रुपियाँ रहेको बताए ।

साधारण सभामा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष लाल बहादुर विष्टले प्रस्तुत गरे । यसै गरी संस्थाको लेखा प्रतिवेदन धन बहादुर खडकाले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागिहरुले सहकारी संस्थाले आर्थिक क्षेत्रमा पुगाएको योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको छ ।

संस्थाका अध्यक्ष गंगादत्त जोशीको अध्यक्षतमा भएको कार्यक्रम सञ्चालन सचिव दिनेश राज भट्टले गरेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...