ghar sansar

दैनिक शोकमा पर्दैछ परशुराम

little buddha academy
khasi

महेन्द्रनगर । डडेल्धुराको परशुराम नगरपालिकामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यू भएको छ ।

परशुराम नगरपालिका–९ स्थित कुयापानी स्थित जोग्बुडा(दैजी सडक खण्डमा शनिबार साँझ करिब ६ः३० बजे मलामी बोकेर महाकाली आर्यघाटबाट गाईबाँधेतर्फ जाँदै गरेको से २ त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल सवार दुई जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

,orning glory badhai

मृत्यु हुनेमा मोटरसाइकल चालक परशुराम नगरपालिका–१२ पन्तुराका २७ वर्षीय नवीन साउँद र पछाडि सवार परशुराम–६ तातापानी घर भई हाल परशुराम–१२ जोगबुढा बस्दै आएका ३५ वर्षीय मानबहादुर जाग्री रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख एबम प्रहरी निरीक्षक देवबहादुर चौधरीले परशुराम नगरपालिका ९ सतघाटका ट्याक्टर चालक सुरेश भट्ट फरार रहेका बताए । उनका अनुसार फरार चालकको खोजतलास भइरहेको छ ।

dirghayi clinic

घाइते दुवै जनालाई जोगबुढा अस्पतालको एम्बुलेन्समार्फत उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि साँझ करिब ७ः२० बजे चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेका थिए ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जोगबुढाबाट प्रहरी निरीक्षक देवबहादुर चौधरीको कमाण्डमा आठ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय जोगबुढाबाट करिब आठ किलोमिटर दक्षिणमा पर्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। शुक्रबार पनपा ९ का खैरे बोहराको देहावसान भएको थियो ।

खैरे बोहराको मलामी गएका इन्द्र बोहराको महाकालीमा बगेर मृत्यु भएको थियो भने इन्द्र बोहराको मालामि बोकेर घर फर्किदै गरेको ट्याक्टर मोटरसाइकल सँग एक आपसमा ठोकिएपछि दुर्काघटना भएको हो ।

शुक्रबार गाउँ नै शोकमा डुबेको थियो भने शनिबार पालिका नै शोकमा डुबेको छ ।

Himal dental
सम्बन्धित
Loading...