ghar sansar

शुक्लाफाँटाले ६ महिनामा गर्यो ७१ लाख राजश्व संकलन

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो छ महिनामा ७१ लाख ४२ हजार ३४ आन्तरिक राजस्व सङ्कलन गरेको छ । नगरपालिकाको मुख्य कार्यालय र मातहतका १२ वटै वडा कार्यालयमार्फत उक्त राजस्व सङ्कलन गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार मुख्य कार्यालयबाट रु २७ लाख ७६ हजार ६ सउ ६० र वडा कार्यालयहरूबाट ४३ लाख ६५ हजार ३७४ राजस्व सङ्कलन भएको छ ।

,orning glory badhai

नगरपालिकाले सम्पत्ति करबाट एक लाख ६० हजार ४७४, मालपोत करबाट १२ लाख ४१६, घरबहाल करबाट सात लाख ९४ हजार ६८०, बहाल बिटौरी करबाट एक लाख ८४ हजार ६२० र सवारी साधन करबाट ५७ हजार ५ सय कर सङ्कलन गरेको छ ।

त्यसैगरी, व्यवसाय करबाट रु ५९ लाख १२५, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबार कर ७५ हजार ३०० र अन्य करबाट रु २३ हजार ६२३ सङ्कलन भएको छ।

dirghayi clinic

सरकारी सम्पत्तिको बहाल तथा बिक्रीबाट दुई लाख ५५ हजार ८९५, सरकारी सम्पत्ति बिक्रीबाट रु ४४ हजार ५००, अन्य बिक्रीबाट एक हजार, विद्युत् सेवा शुल्कबाट रु ३००, अन्य सेवा शुल्क तथा बिक्रीबाट रु चार हजार ६००, न्यायिक दस्तुरबाट ५ सय र अन्य प्रशासनिक सेवा शुल्कबाट रु ९४ हजार १०० राजस्व प्राप्त भएको छ ।

त्यसैगरी, नक्सापास दस्तुरबाट रु ५९ हजार ७४२, सिफारिस दस्तुरबाट रु नौ लाख ६६०, व्यक्तिगत घटना दर्ताबाट रु एक लाख ४८ हजार ७००, नाता प्रमाणितबाट रु ५० हजार ४५० र अन्य दस्तुरबाट रु छ लाख ५४ हजार ४५८ सङ्कलन भएको छ।

व्यवसाय दर्ता दस्तुरबाट रु ९५ हजार ९७५, विद्युत्सम्बन्धी दस्तुरबाट रु २५ हजार ३००, अन्य क्षेत्रको आयबाट रु एक लाख ३६ हजार २७५, न्यायिक दण्ड–जरिवाना तथा जफतबाट रु एक हजार ३९२ र प्रशासनिक दण्ड–जरिवाना तथा जफतबाट रु ४२ हजार १५१ राजस्व उठेको छ।

यसैगरी, अन्य राजस्वबाट रु ६६ हजार ५७७, व्यवसाय करबाट रु १९ लाख ४७ हजार ४८२ र बेरुजु फछ्र्यौटबाट रु ५६ हजार ३२६ सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत बिष्टले जानकारी दिए।

शुक्लाफाँटा नगरपालिकामा एमाले नेता रण बहादुर महरा मेयर छन् । २०७९ को निर्वाचनबाट मेयर निर्वाचित भएका उनले करको दायर विस्तार गरी नगरपालिका आन्तरिक आम्दानी बढाउन ध्यान दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...