

महेन्द्रनगर । शुक्लाफाँटा उद्योग बाणिज्य संघको अध्य्क्षमा राजेश धामी चयन भएका छन् । संघको पाँचौ अधिवेशनबाट धामीको अध्यक्षतामा निर्विरोध नयाँ समिति चयन गरिएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा धर्मानन्द भट्ट(भास्कर) , वाणिज्य उपाध्यक्ष प्रेमराज भट्ट र उद्योग उपाध्यक्ष रमेश रावल चयन भएका छन् ।

महासचिवमा दिपकराज भट्ट दोहोरिएका छन् । उनी यस अघि चौथो अधिवेशनमा महासचिव भएका हुन् । संघको सचिवमा कलावति भट्ट र कोषाध्यक्ष विक्रम शाहु चयन भएका छन् ।

संघको अध्यक्ष महासचिव भट्ट र वरिष्ठ उपाध्यक्ष भट्टको दाबेदारीको थियो । सर्वसम्मत समिति चयन गरी उनीहरु वरिष्ठ र महासचिव भएका हुन् । अधिवेशनको बन्द सत्रमा छलफलपछि सहमति गरी नयाँ समिति निर्विरोध चयन गरिएको छ ।
संघमा सन्तोस भट्ट, शिवराज पन्त, लक्ष्मण सुनार र महेश विष्ट(जेनल) सदस्य चयन भएका छन् ।
संघका महासचिव भट्टले नयाँ समितिले व्यवसायिक हकहित, बजार व्यवस्थापन, धराशायी व्यवसायी उकास्ने लगायतका कार्यलाई प्राथमिकता दिएर कार्य गर्ने बताए ।
संघमा ३ सय ६५ सदस्य छन् । संघको चौथो अधिवेशनबाट झलारी पिपलाडी उद्योग बाणिज्य संघको नाम संशोधन गरी शुक्लाफाँटा नगर उद्योग बाणिज्य संघ राखिएको हो ।

