

महेन्द्रनगर । सुदूरपश्चिम सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल महाकाली साहित्य संगमको अध्यक्ष भएका छन् ।
संगमको सोमबार सम्पन्न १४ औं केन्द्रीय महाधिवेशनबाट रावल सर्वसम्मत अध्यक्ष भएका हुन् । यस अघि उनी संगमको वरिष्ठ उपाध्यक्ष थिए ।



रावलको अध्यक्षतामा सर्वसम्मत चयन नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा ःभवानी चन्द, महासचिव खगेन्द्र नाथ( वियोगी), कोषाध्यक्ष धनञ्जय जोशी, सचिवमा अमित प्रसाद भट्ट र महिन खड्का (महेन्द्र ) चयन भएका छन् ।
संघका निवर्तमान अध्यक्ष हरिश प्रसाद जोशी सहित लक्ष्मी प्रसाद भट्ट, हरि प्रसाद खतिवडा, मान प्रसाद भट्ट, चन्द्र गिरी, निर्मला पन्त, बिर बहादुर चन्द (गोरख), मनोरमा भट्ट र शैलेन्द्र बहादुर सिंह सदस्य भएका छन् ।

