

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट प्रधानमन्त्री घोषणा गरिएका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) महेन्द्रनगर आएका दिन दिन किनारमा रास्वपा उम्मेदवार खगेन्द्र सुनारको पुत्ला दहन गरिएको छ ।
भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली नदी किनारमा शिव मन्दिर समिति आवद्ध स्थानीय र युवाले सुनारको पुत्ला जलाएका हुन् ।

रास्वपाबाट बाँकेमा चुनाव लडि रहेका सुनारले गाई मासु खानु पाउनु पर्ने भनेर दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर सुनारको पुत्ला दहन गरिएको छ ।

उनीहरुले सुनार विरुद्ध नाराबाजी समेत लगाए । सुनारको अभिव्यक्तिको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।
भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापाले सुनारको अभिव्यक्तिलाई लिएर स्थानीयले पुत्ला जलाएको खबर खाएको जानकारी दिए ।
रास्वपाका वरिष्ठ नेता शाह मंगलबार दिउँसो ऐठपुरस्थित रास्वपा पार्टी कार्यालय पुगेका छन् । ती दुबै स्थानमा घण्टी बजाए । उनले औपचारिक रुपमा केही भाषण गरे ।
पार्टी कार्यालयमा रास्वपा नेता कार्यकर्ता र समर्थक बालेन हेर्न पुगेका थिए । पार्टी कार्यालयमा केही छिन बसेर उनी फर्किएको नेताहरुले बताए ।
्बेलौरीमा कञ्चनपुर १ का रास्वपा उम्मेदवार जनक सिह धामीले पार्टी कार्यालयमा स्वागत गरे । पार्टी कार्यालयमा उनले शाहलाई मायाको चिनो दिए । उनले पार्टीको निर्णय पुस्तिका हस्ताक्षर र घण्टी बजाए ।

