ghar sansar

सातौ पटक चुनावी मैदानमा होमिएका साउँद

khasi

महेन्द्रनगर । कञ्चनपुर २ मा काँग्रेसबाट पूर्व मन्त्री नारायण प्रकाश साउँद (एनपी साउँद) प्रतिनिधि सभा सदस्य उम्मेदवार भएका छन् । उनी यस अघि ६ पटक चुनाव लडि सकेका छन् । यस पटक उनी सातौ पटक चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

नयाँ संविधान जारी भएपछि मात्रै उनी तेस्रो पटक चुनाव पटक चुनाव लड्न लागेका छन् । यस अघि २०७९ र २०७४ मा चुनाव लडि सकेका छन् । दुई चुनावमध्ये साउँदले २०७९ मा जित र त्यस अघि हार व्यहोेरेका छन् ।

Anant bahu travels

२०७४ अघि पनि उनी तीन पटक चुनाव लडेका छन् । त्यसमा दुई चुनावमा उनले जित हात पारेका छन् । २०५६ को आम निर्वाचन र २०७० को संविधान सभा सदस्य निर्वाचनमा उनले जितेका हुन् ।

२०५६ मा उनी कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ र २०७० मा तत्कालिन कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । २०५१ मा पहिलो पटक चुनावी मैदानमा भने साउँद पराजित भएका थिए ।

पहिलो पटक पराजय भएका उनी त्यसपछि निरन्तर चुनाव लडेर हार र जित व्यहोर्दै आएका छन् ।

२०५१ को मध्यावधि निर्वाचनपछि उनी पहिलो पटक चुनाव लडेको निर्वाचन क्षेत्र छाडेर अन्यबाट लड्दै आएका छन् । उनी पहिलो पटक २०५१ को मध्यावधि निर्वाचन कञ्चनपुर ३ बाट लडेका थिए ।

कञ्चनपुर ३ साउँदको राजनीतिक जीवनको सबैभन्दा ठूलो पीडादायी क्षेत्र बन्न पुगेको छ ।

मध्यावधि निर्वाचनमा हार मात्रै व्यहारेनन् साउँदले । त्यसपछि उनी गृह नगरको निर्वाचन क्षेत्र छाड्न बाध्य भए ।

काँग्रेसभित्र टिकट किचलो बढेपछि बागी उम्मेवार मान बहादुर सुनार भन्दा कम मत ल्याएर पराजित हुन पुगेका थिए । पछि काँग्रेस छाडेर माओवादी भएका उनी अहिले कञ्चनपुर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार भएका छन् । अहिले उनी नेपाली कम्युनिष्ट पार्टी.(नेकपा) का उम्मेदवार हुन् ।

२०५१ मा साउँद सहित पूर्व गृहमन्त्री रमेश लेखक र सुनार दाबेदार थिए । काँग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाले साउँदलाई उम्मेदवार बनाएपछि सुनार असन्तुष्ट भएका थिए ।

सुनार असन्तुष्टिको असर साउँदलाई परेको थियो । त्यसपछि साउँद अहिलेसम्म क्षेत्र नं. ३ आएका छैनन् । साउँदले छाडेपछि यस क्षेत्रबाट काँग्रेसका पूर्व मन्त्री रमेश लेखक चुनाव लड्दै आएका छन् ।

यस पटक उनी टिकट नपाएपछि चुनावी मैदान बाहिर छन् । काँग्रेस विशेष महाधिवेशनले लेखकलाई टिकट नदिएर काँग्रेस कञ्चनपुरका पूर्व सभापति हरि बोहरालाई उम्मेदवार बनाएको छ ।

dirghayi clinic

लेखकका समूहका बोहरा विशेष महाधिवेशनमा सहभागी भएर टिकट लिएर आएका हुन् ।

लेखकलाई टिकट नदिएपछि कञ्चनपुर ३ मा काँग्रेसभित्र यस पटक पनि असन्तुष्टि बढेको छ । उम्मेदवारी दर्ताका दिन पार्टी सभापति गगन थापाको पुत्ला जलाएर असन्तुष्टि पोखिएको थियो ।

काँग्रेसमा विद्यार्थीबाट राजनीतिमा आएका उनी केन्द्रीय सदस्यसम्म भएका छन् । साउँदले नेपाल विद्यार्थी संघको नेतृत्व गरेका छन् । उनी काँग्रेसमा बौद्धिक नेताका रुपमा परिचित छन् ।

२०७९ मा साउँदले एमालेका नर बहादुर धामीसित बदला लिएका थिए । तत्कालिन बाम गठबन्धनका उम्मेदवार धामीले साउँदलाई झण्डै ८ हजार मतले हराएका थिए । २०७९ मा साउँदले धामीलाई ६ हजार बढी मतले हराएका थिए ।
बहादुर धामी ३३ हजार ३२० मतसहित ल्याएका थिए । काँग्रेसका साउदले २४ हजार ८९३ मत ल्याएका थिए ।

२०७० को निर्वाचनमा साउँदले तत्कालिन कञ्चनपुर २ मा एमालेका तारालामा तामाङ्गलाई पराजित गरेका थिए । तामाङ्ग अहिले कञ्चनपुर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । २०७९ को निर्वाचनमा उनी फराकिलो मत अन्तरले निर्वाचित भएका थिए ।

२०६४ मा तत्कालिन कञ्चनपुर २ मा उनी तत्कालिन नेकपा माओवादीका देबीलाल चौधरीसित पराजित भएका थिए । चौधरीले २०७९ मा चुनाव लड्न खोजेका थिए । काँग्रेस माओवादी गठबन्धनका कारण साउँदले टिकट पाएपछि उनी साउँदलाई जिताउन लागेका थिए ।

यस पटक साउँद एमालेका बचन बहादुर सिह, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का माधव पन्त, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का दिपक बोहरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका तिर्थराज चटौत सहित १९ उम्मेदवारसंग प्रतिस्पर्धामा छन् ।

एमालेका सिंह २०७९ को निर्वाचनमा काँग्रेस माओवादी गठबन्धनसित थोरै मतले पराजित भएका थिए । यस पटक उनी प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् ।

कञ्चनपुर २ मा काँग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टीबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
२०४८ को आम निर्वाचनमा कञ्चनपुर २ तत्कालिन निर्वाचन क्षेत्र नं. १ मा थियो ।

कञ्चनपुर २ मा काँग्रेसलाई विरासत जोगाउने र एमालेलाई विरासत फर्काउने दबावमा छन् । रास्वपा र नेकपा दुबै नयाँ इतिहास बनाउन खोजेका छन् ।

कञ्चनपुर २ मा ३० वडाका एक लाख नौ हजार पाँच ७४ मतदाता छन् । यो निर्वाचन क्षेत्रमा कृष्णपुरका ९ र शुक्लाफाँटाका १२ र बेदकोट नगरपालिकाका ९ वडा छन् । यस क्षेत्रमा पुरुषभन्दा दुई हजार ६ सय ८३ महिला मतदाता बढी छन् ।

काँग्रेस सुदूरपश्चिम सह महामन्त्री चिन्तमाणी भट्टले उम्मेदवार साउँद अनुभवी र जनतामा लोकप्रिय भएकाले चुनावी नतिजा काँग्रेसका पक्षमा आउने बताए ।

‘हामी जित दोहो¥याउँछौ, यस पटक उम्मेदवार पनि उत्साहित नै हुनु हुन्छ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...